वीरगंज । साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सयले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ३५ रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।