वीरगंज । नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० घर भएका २१ वर्षीय सुजन भट्टराई छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
मध्यपुर ठिमी नगरपालिका-९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षामा उनले ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिएका थिए।
उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।