वीरगंज । मेलामा सामान बेच्ने पसलेहरुलाई २० हजार नेपाली जाली रुपैयाँसहित रौतहट प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले नेपाली जाली रुपैयाँसहित रौतहट बौधीमाई नगरपालिका-३ जिउताही टोल बस्ने सन्तोष पटेललाई सोही स्थानमा नागपञ्चमीको दिन लागेको मेलाबाट पक्राउ गरेको थियो। उनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट एक हजार दरको एकवटा जाली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसनधानको क्रममा प्रहरीले मेलामा सामान बिक्री गरिरहेका बौधीमाई नगरपालिका-४ बस्ने देवनारायण दास ,फुल महम्द र नौसाद आलमलाई पनि १९ हजार नेपाली जाली नोटसहित पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ। चारैजनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।