वीरगंज । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख रुपैयाँ बनाउन सरकारलाई आग्रह गरेका छन् ।
बिहीवार स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङलाई भेटी महामन्त्री थापाले स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउन, सेवा सहज र गुणस्तरीय बनाउन समेत आग्रह गरेका छन् ।
महामन्त्री थापाले स्वास्थ्य मन्त्रीसँगको भेटबारे ट्वीटरमार्फत जानकारी गराउँदै जनशक्ति–पूर्वाधार व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन लगायतमा सुझाव राखेको बताएका छन् । उनले भनेका छन्,‘विश्वास छ, मन्त्रीज्यूले सकारात्मक पहल लिनुहुनेछ ।’