वीरगन्ज । पर्साको पोखरीया नगरपालिका वडा नं ९ का वडा सदस्य ज्योती मिश्रको पहलमा वडा नं ९ को टोल बैरिया बिर्तामा बिरुवा वितरण गरिएको छ ।
वडा सदस्य मिश्रको पहलमा , डिभिजन वन कार्यालय पर्साको आयोजनामा र बस्नपुर रेन्ज पोस्टको सहयोगमा १० हजार बिरुवा वितरण गरिएको वडा कार्यलयले जनाएको छ । नागरिकको जीवनस्तरसँग जोड्न तथा वातावरणलाई हराभरा बनाउने अभियानका रुपमा अगाडि बढाउने उदेश्यका साथ निःशुल्क बिरुवा वितरण गर्न थालिएको सदस्य मिश्रले बताइन् ।
उक्त कार्यक्रममा वडा नं ९ का वडा अध्यक्ष नौसाद आलम , वन रेन्जर सुमन पाण्डे , नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजीव मिश्रा लगायतको उपस्थिति रहेको थियो।