वीरगंज । सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्न सहमत भएका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने सहमति भएको हो ।अब बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा सहभागी ती नेताले भने ,‘ मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, बिहीबारको क्याबिनेटले मिति घोषणा गर्छ ।’निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् ।