वीरगंज । देशभर बुधबार एकैदिन ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको कोरोना परीक्षण गर्दा ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरि देशभर पछिल्लो २४ घण्टामा ३०१ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या हाल ५ हजार ४ सय ३३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५५ हजार ५५९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। बुधबार कोराना संक्रमित मृतकको संख्या भने शून्य रहेको छ । वीरगन्जमा भने बुधबार ११ जनाको परिक्षण गर्दा ५ जनामा संक्रमण भेटिएको नारायणी अस्पतालले जनाएको छ ।