वीरगंज । संघीयता खारेजी, हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार प्रदर्शन गरेको छ ।
बुधबार दिउँसो काठमाण्डौको माइतीघर देखि नयाँ बानेश्वरसम्म राप्रपाका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् ।
राप्रपाले यी माग राख्दै गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पनि बुझाएको थियो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै राप्रपाले सडक आन्दोलन थालेको हो ।