वीरगंज । वीरगञ्जमा पर्सा म्यानेजम्यान्ट कलेज सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिकामा वडा नम्बर ८ पानीट्याङ्कीबाट बुधवार एक कार्यक्रमका बिच कलेजको शुभारम्भ भएको हो ।
वीरगञ्जका विभिन्न कलेज तथा विद्यालयहरुमा साढे १ दशकभन्दा लामो समयसम्म अध्यापन गराएका पूराना एवम् अनुभवी शिक्षक एवम् प्राध्यापकहरुबाट पठनपाठन गराउने अभिप्रायले कलेज सञ्चालन गरिएको कलेजका संयोजक प्रकाश यादवले बताए । वातानुकुलित रुपमा पठनपाठनलाई सहज बनाउन एसीसहितका कक्षा कोठा र भौतिक पूर्वाधारसहितको कलेजमा आजैदेखि विद्यार्थी भर्ना भइरहेको यादवको भनाई छ ।
व्यवस्थापन तथा कानुन संकायको पठनपाठन विश्वसनीय एवम् प्रविधिमैत्री तरिकाले गराउने कलेजको दावी छ । कलेजका प्रिन्सीपल सुशिल ठाकुरका अनुसार छात्रवृतिको परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुलाई निःशूल्क रुपमा भर्ना गर्नुका साथै ३÷३ महिनामा हुने आन्तरीक परीक्षामा उतिर्ण हुने उत्कृष्ट छात्रछात्राहरुलाई विशेष छात्रवृति प्रदान गरिनेछ । दलित, अदिवासी, महिला, खेलाडी, कलाकार तथा पिछडिएका विद्यार्थीलाई विषेश सहुलियतको व्यवस्था हुनुका साथै व्यक्तित्व विकास एवम् क्षमता अभिवृतिका लागि अतिरिक्त कक्षा, शैक्षिक भ्रमण, योग, स्वास्थ्य शिविर लगायतका क्रियाकलाप पनि सञ्चालन गरिने प्रिन्सीपल ठाकुरले बताए ।
विहान ६ः२० बजे देखी १०ः४० सम्ममा व्यवस्थापन तथा बेलुका ४ बजे देखी ७ः१५बजेसम्म कानुन संकायको हुने छ ।