वीरगंज । ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते पनि भएका छन् । बुधबार बिहान सुर्ति विकास नजिक ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–४ रजखोर बस्ने दिलीप सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सहनीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते सहनीलाई उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहनीका बच्चा सामान्य घाइते भएका छन् ।
माईस्थानबाट गौशाला तर्फ जाने क्रममा ना ४ ख ३३३९ नम्बरको ट्रकले सहनीको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।