वीरगंज । पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले टेकुस्थित नेपाल आयल निगमको कार्यालयअघि प्रदर्शन गरेको हो । भारतबाट मूल्य घटेर आएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै प्रदर्शन गरिएको हो।
‘जनताको चुलो निभाउन पाइदैन’, ‘परमादेशी सरकार चाहिँदैन’, ‘ग्याँस र पेट्रोलीयम पदार्थको मूल्य वृद्धि फिर्ता गर,’ भन्दै नाराबाजी गरेका छन्।