वीरगंज । वीरगञ्जको श्रीपुरमा संचालित अबैध घरेलु मदिरा भट्टीमा प्रहरीले छापामारी गरेको छ । सूचनाको आधारमा छापामारी गर्न पुगेको प्रहरीले भट्टीबाट तयारी मदिरा तथा मदिरा बनाउन प्रयोग हुने सामान नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले कृषि ज्ञान केन्द्र पछाडी संचालित भट्टीबाट ५ सय लिटर मदिरा बनाउन प्रयोग हुने कचा पदार्थ, १ सय ५० लिटर तयारी मदिरा, मदिरा बनाउन प्रयोग हुने ५ थान माटोको भाँडा, ४ थान चुल्हो लगायतका सामान बरामद गरेको हो ।
माया मगर र अथी माया राईले भट्टी संचालन गरेको भन्ने खुलेको भए पनि दुबै जना फेला नपरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।