वीरगंज । पर्साको ठोरी गाउँपालिक -४ मा मङ्गलबार मिनी ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
ठोरीबाट बाराको जीतपुर जाँदै गरेको मिनिरल वाटर बोकेको प्रदेश नं. २-०३-००१ क १५७९ नम्बरको मिनि ट्रक वीरगन्ज ठोरी हुलाकी सडक खण्ड अन्तरगत पर्ने मालीबस्ती र गोपीवस्ती बिचमा पर्ने सडकमा दुर्घटना भएको प्रहरी चौकी विजयवस्तीले जानकारी दिएको छ । तिब्र गतिमा रहेको मिनी ट्रक अनियन्त्रित भई पल्टदाँ ट्रक चालक बाराको पथलैयाका २९ वर्षीय निश्चल परियार घाइते भएका हुन्।
उनको हात र शरीरमा चोट लागेको र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । मिनि ट्रकमा सवार अन्य २ जना युवा भने सकुशल रहेका छन्। चालकले अत्यधिक मदिरा सेवन गरेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।