वीरगंज । महोत्तरीको बर्दिबास नगरपालिकास्थित बजारको एक घरमा आगलागी भएको छ ।
सोमबार दिउँसो घरको तेस्रो तल्लामा रहेको ३६५ जिम हलमा आगलागी भएको हो । आगलागी भएको भवनको दोस्रो तल्लामा सिद्धार्थ बैंक पनि रहेको छ ।
आगोले तेस्रो तल्लामा रहेको जिम हलमा अत्याधिक क्षति पुगेको जनाईएको छ । आगलागी कसरी भयो र के कति क्षति भएको बारे थप विवरण आउन बाँकी रहेको छ ।