• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कक्षा एकदेखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना मात्र

  • वीरगंज संजाल
  • १६ श्रावण २०७९, सोमबार १२:०१
  • २३७७

    वीरगंज । जुम्लामा पाँच वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन् । चन्दननाथ नगरपालिका– ५ मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन् । जुम्ला सदरमुकाम खलंगास्थित गुरुकुल पाठशालाकी कक्षा ३ मा अध्ययनरत छात्रा नबिना अधिकारीले कक्षा कोठा अभाव भएको बताइन् । उनले भनिन्, ‘५ वटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्ने गरेका छौँ ।’ उनलाई विद्यालय जाँदा सधैँ कहाँ बस्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ । ‘एउटै कोठामा कोचिएर ५ वटा कक्षाका विद्यार्थी बस्नुपर्छ,’ उनले भनिन्, ‘शिक्षक पनि एउटै हुनुहुन्छ, सबै विषय उहाँबाटै पढ्दा बुझ्न पनि समस्या भएको छ ।’

    पाठशालामा नेपाली र संस्कृत दुई वटै भाषाबाट पढाइ हुन्छ । सरकारले एक जनाबाहेक अन्य शिक्षकको व्यवस्थापन नगर्दा गुरुकुलमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ कक्षासम्मका ३० विद्यार्थीको पठनपाठनमा समस्यामा भएको हो । चन्दननाथ मन्दिरको एक कोठामा गुरुकुल शिक्षा पठनपाठन भइरहेको छ । २०६८ सालमा प्राथमिक तहको स्वीकृति पाएको पाठशालाले विद्यालय भवन निर्माणदेखि शिक्षक नियुक्त गर्न नसक्दा विद्यार्थीले यस्तो समस्या भोग्नु परेको अभिभावक रमानन्द आचार्यले बताए । उनले भने, ‘चन्दननाथ नगरपालिकाले हरेक वर्ष पाठशालालाई व्यवस्थापन खर्च बापत २ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ ।‘ नगरपालिकाको सानो बजेट कहाँ कहाँ पुर्याउनु ?,’ प्रधानाध्यापक विश्वराज उपाध्यायले भने, ‘पाठशाला दक्ष पुरोहित जन्माउन खोलिएको हो । तर, भौतिक संरचना र शिक्षक अभावले आफैँमा अस्तव्यस्त छ ।’

    उनले भने जुम्लामा पाठशाला खोलिएपछि संस्कृत भाषा पढ्न विद्यार्थी त इच्छुक देखिएको बताए । तर, विद्यालयको वातावरण निकै अस्तव्यस्त बनेको उनको भनाइछ । ‘न खेलमैदान छ, न त पठनपाठनको राम्रो वातावरण नै,’ उनले भने, ‘प्रशासनिक कामकाज र कक्षा सञ्चालन एउटै कोठाबाट गरिरहेको छु । शौचालय र खानेपानीको सुविधा भए पनि विद्यार्थीका लागि उचित फर्निचरको प्रबन्ध छैन ।’अहिले विद्यार्थीहरू कार्पेटमा बसेर पठनपाठन गरिरहेका छन् । कक्षा १ देखि कक्षा ५ सम्म १४ छात्रा र १६ छात्र छन् । पछिल्लो समय छात्रभन्दा छात्राले ध्यानपूर्वक संस्कृत विषय पढ्न थालेको उनले बताए । ‘पूर्वाधार अभावमा पठनपाठनमा निकै समस्या छ, सरकारले कक्षा ५ सम्म सञ्चालन गर्ने अनुमति त दियो, तर कक्षाकोठा र शिक्षक दरबन्दी दिन सकेन,’ उनले भने ।

    पाठशालामा दलित – गैरदलितका विद्यार्थी​ सँगसँगै
    पाठशालामा दलित र गैर दलितका विद्यार्थी पनि पढ्न पाउँछन् । जातीय आधारमा कसैलाई विभेद नगरिएको पाठशालाले जनाएको छ । पाठशालामा दलितका पाँच बालबालिका भर्ना भएका छन् । बेलुकी ४ देखि ६ बजेसम्म २ घण्टासम्म पाठशाला सञ्चालन हुन्छ । यही पाठशालामा पढेका रमेश न्यौपाने चन्दननाथ मन्दिरका मुख्य पुजारी छन् । चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंका अनुसार चन्दननाथ नगरपालिकाले वार्षिक बजेट एकमुष्ट दुई लाख ४१ हजार रुपैयाँ अनुदान दिने गरेको छ । ‘गुरुकुल पाठशालामा भौतिक संरचना र शिक्षकको अभाव देखिन्छ उनले भने, ‘अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्तावना आह्वान भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑