वीरगंज । वीरगन्जको स्पर्श मल्टिस्पेसिलिटी हस्पिटलमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हस्पिटल र लायन्स क्लब अफ वीरगन्ज गेट वेले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित २७ जनाले रगतदान गरेका छन् ।
हस्पिटल परिसरमै आयोजित रक्तदान कार्यक्रममा सबिता देवी , रुपक पटेल , दिपक प्रसाद चौहान , अमजद अन्सारी ,सन्जय कुमार पटेल ,सन्तोष शर्मा ,बलिष्टर पटेल लगायतकाले रक्तदान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।