• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरामा सम्पन्न भयो मेयरहरूको ‘मेट्रो मिट’, रोपियो लालीगुराँस

  • वीरगंज संजाल
  • १५ श्रावण २०७९, आईतवार १३:००
  • २२२९

    वीरगंज । देशभरका छ ओटा महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी भएको नेपालको पहिलो ‘मेट्रो मिट नेपाल’ सम्पन्न भएको छ।

    महानगरपालिकाहरूले विकासको लागि गरिरहेका अभ्यासहरू, विकासको मोडालिटी, अहिले भोगिरहेका समस्या, महानगरका अवसर, चुनौती, सम्भावना, सुधारका उपाय, कार्यान्वयन गर्दै आएका कार्यक्रम र प्रयासहरूको बारेमा जानकारी लेनदेन गर्ने लगायतका विषयमा छलफल गर्नका लागि शुक्रवार र शनिवार दुई दिन ‘मेट्रो मिट नेपाल’ आयोजना गरिएको थियो। महानगरपालिकाहरूको विकासमा एकरूपता ल्याउन तथा एउटा महानगरले गरेको असल अभ्यासको सिको गरी अर्को महानगरको पनि विकासमा सहयोग होस भन्ने उद्देश्यले पोखरा महानगरपालिकाको आयोजनामा सम्मेलनको आयोजना गरिएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार महानगरहरूका साझा मुद्दाहरू र तिनीहरूमा गर्न सकिने सहकार्य, महानगरहरूले सम्पादन गर्दै आएका काम र तिनीहरूको परिणाम, महानगरका लागि छुट्टै नीतिगत प्रबन्ध, अनुभव आदानप्रदान, आ–आफ्ना महानगरका मुख्य योजनाहरू, कार्यान्वयनका चुनौतीहरू, आगामी कार्यदिशालगायतका विषयमा केन्द्रित रहेर छलफल भएको छ।

    पोखरामा महानगरपालिकाको आयोजनामा भएको सम्मेलनमा महानगर स्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, थप सशक्त र थप गुणस्तरयुक्त बनाउँदै संघीयसरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गरी महानगरका न्यूनतम मापदण्ड पूरा गर्ने गराउनेबारेमा समेत छलफल भएको र सम्मेलनले उद्देश्य पनि पूरा गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। सम्मेलनमा ‘संघीयता, महानगर र अबको बाटो’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, ‘महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन’ विषयमा पूर्वाधार विज्ञ डा सूर्यराज आचार्य, सिकाइ आदानप्रदान सत्रको अजयचन्द्र लाललगायतले सहजीकरण गरेका थिए। त्यस्तै ऐन, कानुन तथा महानगरका साझा सवाललगायतका विषयमा पनि विषय विज्ञहरूले सहजीकरण गरेका थिए।

    सम्मेलनमा सहभागी भएका छ ओटै महानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू सहित विषय विज्ञहरुकोबिचमा निस्किएको साझा धारणालाई ‘पोखरा घोषणा–पत्र’ को रूपमा जारी गर्ने तयारी पोखरा महानगरपालिकाले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख आचार्य सहित काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सहभागी सम्मेलनबाट निस्किएका निष्कर्षहरुलाई आइतबार ‘पोखरा घोषणा–पत्र’ को रूपमा सार्वजनिक गर्न लागिएको हो। पहिलो सम्मेलन पोखरामा सम्पन्न भएपछि आगामी वर्ष पनि सम्मेलन आयोजना गर्ने सहमति उनीहरूको बिचमा भएको छ। दोस्रो सम्मेलन चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर महानगरपालिकामा नै गर्ने भनी नगर प्रमुख रेणु दाहालले राखेको प्रस्तावमा सबैको समर्थन रहेको छ। २०८० साललाई ‘भरतपुर भ्रमण वर्ष’ घोषणा गरिएकाले मेयर सम्मेलन भरतपुरमा आयोजना गर्न दाहालले गरेको प्रस्तावमा सहमति जुटेको हो।

    सराङकोटमा रोपिए लालीगुराँस

    ‘मेट्रो मिट नेपाल’ मा सहभागी हुन पोखरा आएका देशभरका महानगर प्रमुखहरूको उपस्थितिमा सराङकोट शिव मन्दिर भ्यु टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवाहरू सारिएको छ। पोखरा आसपासका अग्ला डाँडाहरूमा लालीगुराँस रोप्ने र खाली जग्गामा सौन्दर्यता जगाउने उद्देश्यले पोखरा महानगरपालिकाको आयोजनामा महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिवार सराङकोटमा लालीगुराँसका बिरुवाहरू सारिएको हो। अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले आवश्यक सहयोग गर्ने र सोही अन्तर्गत नै लालीगुराँस रोपिएको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले बताए। कार्यक्रममा सहभागी भएका उनीहरूले सराङकोट जस्तो पर्यटकीय र रमणीय स्थानमा नेपालको राष्ट्रिय फूल लालीगुराँस सार्ने अवसर दिएकोमा पोखरा महानगरपालिकाप्रति आभार व्यक्त गरे। हरियाली तथा सौन्दर्यीकरणप्रति पोखरा महानगरपालिकाका प्रमुख आचार्यको चासोप्रति उनीहरूले धन्यवाद दिए। ती बिरुवाहरू लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेको सहयोगमा तेह्रथुमबाट ल्याइएको थियो। पोखरा महानगरपालिकाले खाली रहेका जग्गामा नेपालमा पाइने ३२ प्रजातिकै बिरुवाहरू रोप्ने योजना बनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑