वीरगंज । बिरगंजमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का मधेस प्रदेशका सबै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । तराईका जिल्लाहरुमा समेत धक्का महसुस गरिएको छ ।