• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘रिप भालु’ : भालुसँग महिलाको तुलना किन ?

  • वीरगंज संजाल
  • १५ श्रावण २०७९, आईतवार ०१:५६
  • २८५३

    वीरगंज | अहिले विश्वमा सामाजिक सञ्जालको प्रभाव बढ्दो छ। सामाजिक सञ्जालमार्फत राम्रा वा नराम्रा दुवै विषय भाइरल हुन समय लाग्दैन। यसैअन्तर्गत कहिलेकाहीँ व्यक्तिका निजी तस्बिर वा भिडियो पनि भाइरल हुन पुग्छन्। कसैले पनि जानीजानी आफ्नो निजी तस्बिर वा भिडियो सामाजिक सञ्जालमा साझा गर्दैनन्। गल्तीले वा कसैको कोहीप्रतिको पूर्वाग्रह वा कुनियतका कारण कहिलेकाहीँ सामाजिक सञ्जालमार्फत निजी तस्बिर वा भिडियो बाहिरिने गर्छन्।

    यसमा अन्य थुप्रै कारण हुन सक्छन्। जेहोस्, कसैको अश्लील तस्बिर वा भिडियो बाहिरिएको खण्डमा समाजले पनि त्यसमा संयमता अपनाउनुपर्छ। मिडियाले यस्ता विषय समाचार सम्प्रेषण गर्नैपरेमा सम्बन्धित व्यक्तिको गोपनीयतालाई ध्यानमा राख्नुपर्छ। हामीकहाँ विशेषतः कुनै महिलाको निजी तस्बिर वा भिडियो सार्वजनिक भयो भने त्यसमा नकारात्मक प्रतिक्रिया आउने गर्छन्। महिलाको चरित्रलाई लिएर गालीगलौज गरिन्छ— ‘रिप भालु’, ‘रिप भालु’, ‘तेरा बाआमा छैनन् ?’ ‘तेरो छाती यत्रो वा उत्रो देखिन्छ !’ आदि।

    यस्ता प्रतिक्रियाका कारण सम्बन्धित व्यक्तिलाई मानसिक असर पर्न सक्छ। डिप्रेसनमा जाने वा दैनिक कार्यमा असर पर्न सक्छ। मन विचलित हुन सक्छ। अरु सामु प्रस्तुत हुन र आफ्ना विचार सम्प्रेषण गर्न नसक्ने हुन सक्छन्। सामाजिक सञ्जालमा विशेष गरी महिलाले अपलोड गरेका भिडियो, नृत्य वा उसको क्रियाकलाप मनपरेन भने पनि प्रतिक्रियास्वरूप ‘रिप भालु’ लेखेर लहरै कमेन्ट गरेको देखिन्छ। कतिपय अवस्थामा महिलाको पहिरनलाई लिएर पनि नकारात्मक प्रतिक्रिया आउने गर्छन्। विशेष स्थान वा कार्यक्रम जहाँ निश्चित पोसाक तोकिएको हुन्छ, त्यस्तो ठाउँमा बाहेक मानिसले आफ्नो इच्छाअनुसारको पोसाक लगाउन स्वतन्त्र हुन्छ।

    त्यस्तै महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो अधिकारको आवाज उठाउँदा पनि कतिपयले नकारात्मक प्रतिक्रिया जनाएको देखिन्छ। वाक् स्वतन्त्रताको हक सबैलाई छ। यस्ता बहसमा तर्क गर्नु स्वाभाविक हो, तर ‘रिप भालु’ भनेर नीच सोच देखाउनेलाई के भन्ने ? शारीरिक संरचना सबैको एउटै हुँदैन। पुरुषहरू जति मोटोघाटो भए पनि त्यति भद्दा मजाकका पात्र बन्दैनन् तर मोटी महिलालाई लिएर अनेक तुच्छ प्रतिक्रिया जनाइन्छ। नकारात्मक प्रतिक्रियामा ‘रिप भालु’ नलेखी सभ्य ढंगले पनि सम्झाउन सकिन्छ वा आफ्नो तर्क राख्न सकिन्छ। ‘रिप भालु’ लेख्नैपर्छ र ? यस्तो प्रतिक्रिया दिनुको अर्थ मैले आजसम्म बुझेकी छैन। ‘रिप भालु’ भनी प्रतिक्रिया जनाउनेलाई त्यो शब्दको अर्थ थाहा होला कि नहोला ? भालुको यौन स्वभाव वा प्रकृति एक खालको हुन्छ। भालुको मात्रै होइन, सबै जनावरको आ–आफ्नै प्रकृति हुन्छ। भालुसँग महिलाको तुलना गर्नुको तात्पर्य के हो ?

    अमेरिकन र युरोपियन मुलुकमा अश्लील चलचित्रले कानुनी मान्यता पाइसकेको छ, तर हाम्रो देशमा महिलाले लुगा लगाएर नृत्य गर्दै गरेको दृश्यमा पनि नकारात्मक प्रतिक्रिया जनाइन्छ। लाग्छ, पितृसत्तात्मक विचारबाट प्रतिक्रिया दिनेहरू अझै बाहिर निस्किन सकेका छैनन् कि ? अश्लील फिल्महरू लुकीलुकी हेर्ने अनि आफ्नो देशका महिलाको पोसाकसहितको भिडियो वा तस्बिरमा चाहिँ ‘रिप भालु’ लेख्ने किन ? एउटा कट्टु मात्र लगाएर जनावर जस्तो पूरा जिउ देखाएर पुरुषले नृत्य वा कुनै कुरा बोल्दै गरेको भिडियो छ भने, त्यसमा उसलाई कुनै जनावरसँग दाँजेर गाली गरेको त्यति पाइँदैन।

    पुरुषको जिउ भएजस्तै महिलाको पनि जिउ हो नि ! हामी किन सकारात्मक प्रतिक्रिया दिन महिला र पुरुषमा समानता कायम गर्दैैनौँ ? यसको अर्थ पुरुषलाई पनि महिलाजस्तै गाली गर्नुपर्छ भन्ने आरोप नलागोस्। हामी समानताको कुरा गर्छौैं तर व्यवहारमा लागू गर्नुपर्दा पाइला पछाडि किन सार्छौं ? सोच परिवर्तन गर्ने वेला आएको छ। आजबाटै आफ्नो सोच, हेराइ र विचार परिवर्तन गरौँ। नसके कुनै जनावरसँग तुलना गरेर महिलालाई गाली नगरौँ। मैले तपाईंहरूको सोच परिवर्तन गर्ने जिम्मा तपाईंहरुलाई नै छाडेँ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑