• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आर्थिक अनियमितताको आरोपमा गान्धीमाथि सोधपुछ

  • वीरगंज संजाल
  • १२ श्रावण २०७९, बिहीबार १२:५६
  • २४३३

    वीरगंज । भारतको आर्थिक मामिलामा अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालय (ईडी) ले विपक्षी दल कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग लगातार ३ दिनदेखि बयान लिइरहेको छ । सोमबारदेखि सुरु बयान बुधबार पनि जारी रह्यो । बयानका लागि ७५ वर्षीया सोनिया स्थानीय समयअनुसार बिहान ११ः१५ मा छोरा राहुल र छोरी प्रियंकासहित दिल्लीस्थित ईडी कार्यालय पुगेकी थिइन् ।

    रतीय पत्रिका नेसनल हेराल्डसम्बन्धी मुद्दामा ईडीले सोनियासँग सोधपुछ गरिरहेको हो । ईडीका अधिकारीले मंगलबार सोनियासँग ६ घण्टासम्म सोधपुछ गरेका थिए । सोमबार पनि उनीसँग घण्टौं सोधपुछ भएको थियो । सोनियाले हालसम्म सय वटाभन्दा बढी प्रश्नको जवाफ दिइसकेकी टाइम्स अफ इन्डियाले लेखेको छ । यसअघि गत जुनमा राहुल गान्धीसँग पनि ईडीले सोधपुछ गरेको थियो । राहुलले ५ दिन लगाएर ५० घण्टाभन्दा बढी समय ईडीका अधिकारीका प्रश्नको सामना गरेका थिए । यही मुद्दामा केहीअगाडि कंग्रेसका अन्य २ नेता पवन वंशल र अल्लिकार्जुन खड्गेसँग पनि बयान लिइएको थियो । कंग्रेस सरकारका पालामा नेसनल हेराल्ड पत्रिकाको ९० करोड भारुभन्दा बढी ऋण मिनाहा भएको थियो । उक्त कार्यमा गान्धी परिवारले ५५ करोड अनियमितता गरेको आरोप लगाउँदै भाजपा नेता सुब्रमण्यम स्वामीले सन् २०१२ मा सोनिया र राहुलविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा गत जुनमै सोधपुछ गर्ने कार्यतालिका रहेकोमा सोनियालाई कोरोना संक्रमण भएपछि ईडीले स्थगन गरेको थियो । नेसनल हेराल्ड पत्रिका राहुलका बाजे जवाहरलाल नेहरूले सन् १९३८ मा स्थापना गरेका थिए । पत्रिकाको प्रकाशन एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) ले गर्दै आएको थियो । सन् १९३७ मा ५ हजारभन्दा बढी स्वतन्त्रता सेनानीहरूको संयुक्त लगानीमा एजेएल खडा गरिएको थियो । बेलायती उपनिवेशबाट भारत सन् १९४७ मा स्वतन्त्र भएपछि नेहरू प्रधानमन्त्री चुनिए र पत्रिकाको बोर्डबाट राजीनामा दिए । तर,पत्रिकाको विचारधारालाई आकार दिन कंग्रेसको प्रत्यक्ष हस्तक्षेप र लगानी भने रहि नै रह्यो ।

    सन् २००८ मा आर्थिक संकटका कारण पत्रिकाको प्रकाशन बन्द भयो । त्यसबेला एजेएल ९० करोड भारु ऋणमा थियो । सन् २०१० सम्म घटेर १ हजार ५७ जना मात्रै सेयर सदस्य रहेको कम्पनीमा कोही पनि नेतृत्वमा थिएनन् । तर, अर्को वर्ष एजेएललाई योङ इन्डियन प्रालि (वाईआईएल) ले अधिग्रहण गर्‍यो । सन् २०१० मा वाईआईएलको स्थापना भएको थियो । तत्कालीन कंग्रेस महासचिव राहुल कम्पनीको निर्देशक थिए । कम्पनीमा राहुल र सोनियाको मात्रै ७६ प्रतिशत सेयर स्वामित्व छ । बाँकी २४ प्रतिशत सेयर कंग्रेस नेताद्वय मोतिलाल वोरा र ओस्कार फर्नान्डेजको नाममा छ । एजेएलको स्वामित्व वाईआईएलले लिएपछि त्यसको विरोध कंग्रेस पार्टीभित्रबाटै भयो । एजेएलका अन्य सेयर हिस्सेदारहरू पनि यो निर्णयको विपक्षमा उत्रिएका थिए । सन् २०१६ मा पुनः पत्रिकाले ३ वटा भाषामा डिजिटल प्रकाशन सुरु गरेको थियो । जसलाई कंग्रैसकै मुखपत्रको रुपमा औंल्याइँदै आएको पाइन्छ । भाजपा नेता स्वामीले गान्धी परिवारले २० अर्ब भारतीय रुपैयाँभन्दा बढी पुँजी भएको एजेएलको सम्पत्ति दुर्भावनापूर्ण तरिकाले कब्जा गरेको दाबी गर्दै मुद्दा दायर गरेका थिए । वाईआईएलले दिल्ली, मुम्बईलगायत शहरमा रियल स्टेट क्षेत्रमा लगानी गरेर एजेएलको सम्पत्ति हिनामिना गरेकोसमेत उनको आरोप छ । पत्रिका आर्थिक संकटमा रहेका बेला कंग्रेसले दिएको ९० करोड ऋण मिनाहा गर्न वाईआईएलले बदनियतपूर्ण ढंगबाट ५० लाख भारु मात्रै खर्चेको उनको दाबी छ । पत्रिकालाई पार्टीको कोषबाट ऋण दिनु पनि गैरकानुनी भएको दाबी गरिएको छ । गान्धी परिवारले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । कंग्रेसले यो प्रकरणलाई ‘बिनारकमको मनी लन्ड्रिङ मुद्दा’ को रुपमा अर्थ्याउने गरेको छ ।

    ईडीले सन् २०१४ बाटै यो प्रकरणबारे अध्ययन थालेको थियो । सन् २०१५ सेप्टेम्बर १८ मा बृहत अनुसन्धान थाल्दै ईडीले दुई कम्पनीको सेयर स्वामित्व, एजेएल र वाईआईएलबीचको आर्थिक लेनदेन र दुवै कम्पनीमा कंग्रेस पदाधिकारीको भूमिकामाथि अनुसन्धान गरिरहेको छ । यही अनुसन्धानकै क्रममा अहिले सोनियासँग सोधपुछ भइरहेको हो । सोनियासँग सोधपुछ भइरहेका बेला कंग्रेस नेताहरूले भने राजधानी नयाँदिल्ली, मुम्बईलगायत सहरमा विरोध जनाएका थिए । कंग्रेस कार्यकर्ताले बुधबार मुम्बईको बोरिवली रेलवे स्टेसनमा गुडिरहेको रेल रोक्ने प्रयास गरेका थिए । ईडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्रीलाई दुःख दिएको भन्दै मंगलबार कंग्रेस नेता राहुलसहितका नेता–कार्यकर्ताले दिल्लीको विजय चोकमा धर्ना दिएका थिए । कंग्रेसको प्रदर्शन राष्ट्रपति भवनतिर जान थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले राहुलसहित ५० जनाभन्दा बढीलाई पक्राउसमेत गरेको थियो । गान्धीलाई भने केहीबेरमै छाडिएको थियो ।राजस्थानका मुख्यमन्त्री एवम् कंग्रेस नेता अशोक गहलोतले मुलुकमा ईडीको आतंक फैलिएको टिप्पणी गरेका छन् । ईडीको अधिकार क्षेत्रबारे सर्वोच्च अदालतबाट समयमै निर्णय हुनुपर्ने उनले मागसमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑