झापा । झापाको कच’नकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झु, न्डिएको अवस्थामा मृ त फेला परेका छन्।
कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झु, न्डिएर स्थानीय तीन किशोरीले सामूहिक आ त्म ह त्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झु,न्डिएको अवस्थामा फेला परेको उनले बताए । सामूहिक आ त्म ह त्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।
स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झु,न्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आ त्म ह त्या कारण भने खुलेको छैन । अहिले घट, नास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए । यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।