सर्लाही । सर्लाहीमा पाँचजना जुवाडे पक्राउ परेका छन्। शनिबार साँझ साढे ४ बजेको समयमा सर्लाहीको लालवन्दी नगरपालिका-९ बस्तीपुर बस्ने सन्तोष चौलागाईंको घरमा तास खेलिरहेका पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेमा लालवन्दी १० का ३३ वर्षीय सुमन खतिवडा, ९ का ४५ वर्षीय दिपक रास्कोटी, ६ का ३८ वर्षीय अमम्मर पुलामी मगर, ११ का २८ वर्षीय सुनिल मण्डल र १० का ३३ वर्षीय अर्जुन फुयाँल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा ३ बुक तास र नगद १८ हजार ६० रुपैयाँसहित नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।