• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुटुको शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’ अभाव: कुटनीतिक पहल गरेर ल्याउन संसदीय समितिको सुझाव

  • वीरगंज संजाल
  • ६ श्रावण २०७९, शुक्रबार १५:४६
  • ३०२५

    वीरगंज । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर मेसिन कुटनीतिक पहल गरेर भए पनि छिटोभन्दा छिटो ल्याउन सरकारलाई सुझाव दिएको छ। समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने उक्त उपकरण नेपाल ल्याउन आवश्यक पर्ने कानुनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको छ। समितिको सभापती जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया सेवा छिटो उपलब्ध गराउन कुटनीतिक पहलदेखि कानुनी बाधा अड्चन फुकाएर भए पनि अक्सिजेनेटर मेसिन ल्याउन सुझाव दिएकी हुन्।

    समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले अमेरिका र जापान सरकारलाई कुटनीतिक पहल गरेर भए पनि उक्त मेसिन ल्याउन सकिने विकल्पका विषयमा जानकारी दिएकी थिइन्। उनले अक्सिजेनेटर मेसिन अहिले विश्वबजारमा अभाव भइरहेको विषय निकाल्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गर्न आवश्यक रहेकोमा जोड दिइन्। यस्तै उनले कोरियाबाट केही दिनभित्रमा १० वटा अक्सिजेनेटर मेसिन सहयोग आउन लागेको जानकारी पनि समितिमा दिइन्। गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले गंगालाल अस्पतालमा मात्र नभई नेपालका अन्य अस्पतालसँगै भारत लगायतका देशमा पनि अक्सिजेनेटरको अभाव भएको जानकारी दिए। उनले कोरोना महामारी र युक्रेन रसिया युद्धका कारण पनि मेसिनको आपूर्ति रोकिएको र अभाव भएको बताए।

    उनका अनुसार विश्वबजारमा अक्सिजेनेटर मेसिन तीन वटा कम्पनीले मात्र बनाउने र त्यसका लागि आवश्यक पर्ने मेम्रेन भन्ने सामान चाइनाबाट नै सप्लाई हुने हुँदा कोरोनाको समयमा सप्लाई रोकिँदा अहिले सम्या देखिएको हो। ‘विगतमा पनि कहिलेकाँही यसको अभाव हुन्थ्यो। त्यो समायमा हामीले अन्य अस्पतालसँग पैचौ मागेर चलाउँथ्यौं र हामीले खरिद गरेको सामान आएपछि उनीहरुलाई दिन्थ्यौं,’ उनले भने, ‘तर अहिले परिस्थिति फरक परेको छ। खरिद प्रक्रिया अगाडि बढेको छ। तर मेसिन नै पाइएको अवस्था छैन।’ उनका अनुसार नेपालमा वार्षीक दुई हजार पाँच सय ओपन हार्ट सर्जरी हुने गर्छ। जसमध्ये १८ देखि १९ सय सम्म गंगालालमा हुँदै आइरहेको छ। अक्सिजेनेटर मेसिन ओपन हार्ट सर्जीरमा आश्यक पर्ने उनले बताए। उनले गंगालालमा बच्चाका लागि अक्सिजेनेटर १ सय २० वटा भन्दा बढी रहेको र अहिले वयस्कका लागि अभाव भएका कारण आकस्मिकबाहेकको शल्यक्रिया रोकिएको पनि जानकारी दिए। अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ। मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑