वीरगंज । चीनले प्रशान्त महासागरमा तैनाथ गर्ने गरी गोप्य पनडुब्बी निर्माण गर्नका लागि प्रयास गरिरहेको छ । चिनियाँ अनुसन्धाताहरूले काम गरिरहेको टोर्पिडोले अमेरिकी जलसेनाको जहाजलाई निशाना बनाउन सक्छ । यो टोर्पिडो सामुद्रिक बम हो जसले पानीभित्र शत्रुको पनडुब्बीलाई केही सेकेन्डभित्र ध्वस्त पार्न सक्छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उल्लेख भएअनुसार, चीनको सबभन्दा ठूलो जलसैन्य ठेकेदारले जारी गरेको पत्रको उल्लेख छ । त्यसका अनुसार, चिनियाँ अनुसन्धाताहरूले डिस्पोजेबल न्युक्लीयर रियाक्टरका रूपमा उपयोग गर्न सकिने पनडुब्बी बनाइरहेका छन् ।
यो ३५ माइल प्रतिघन्टाको गतिमा कुद्छ र २०० घन्टासम्म समुद्रमा बस्न सक्छ । टोर्पिडोलाई ब्याट्रले चार्ज गर्न मिल्छ र पुनः आक्रमणका लागि तयार पार्न मिल्छ । अनुसन्धाताहरूको टोलीले निशानामा सटीक प्रहार गराउन यसलाई विकसित गरिरहेका छन् । रुसको पोसाइडन टोर्पिडो पनि आणविक क्षमताको भएकाले त्यससँग तुलना स्वाभाविक छ । त्यसले पनि कुनै चेतावनी विना नै शत्रुमाथि आक्रमण गर्न सक्छ ।
त्यसले तारोलाई पूरै ध्वस्त पार्ने मात्र नभई आक्रमण गरिएको ठाउँमा विकिरण फैलाइदिन्छ । पछि त्यसलाई कुनै किसिमले मर्मत गर्न सकिँदैन ।अमेरिकीहरु चीनले यस्तो पनडुब्बी बनाएर प्रशान्त महासागरमा आफ्नो फ्रीडम अफ नेभिगेसन अपरेसनलाई बाधा पु-याउला भनी तर्सिएका छन् र त्यो अब साकार हुन लागेको छ ।