• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजेन्द्र लिङ्देनमाथि कार्यकर्ता धम्क्याएको आरोप, बैठकमा खनिए नेताहरु

  • वीरगंज संजाल
  • ६ श्रावण २०७९, शुक्रबार १५:३६
  • १९१७

    वीरगंज । राप्रपाका केन्द्रीय सदस्यहरुले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको आलोचना गरेका छन् । उनीहरुले जायज विषयमा नेतृत्वको आलोचना गर्दासमेत अध्यक्ष लिङ्देनले कतिपय कार्यकर्तालाई धम्क्याउने तथा कालोसूचीमा राख्ने गरेको भन्दै युवा केन्द्रीय सदस्यहरुले आलोचना गरेका हुन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यहरुले नेतृत्वको खुलेर आलोचना गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए । अध्यक्षले विधान मिचेर निरंकुश कार्य गरेको पनि उनीहरुको आरोप थियो । अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म पनि संसदीय समिति र निर्देशन समिति गठन नगरेको, विधान विपरीत केन्द्रीय सदस्यहरु मनोनयन गरेको उनीहरुको आरोप छ । यस्तै आठ महिनासम्म महाधिवेशनले पास गरेको कार्यपत्रहरु कार्यकर्तालाई उपलव्ध नगराइएको, सक्रिय सदस्यसम्म नभएको व्यक्तिलाई जथाभावी मनोनयन गरिएको पनि उनीहरुको आरोप छ ।

    पार्टीमा एक व्यक्ति एक पदको सिद्धान्त भएपनि सोको कार्यान्वयनमा नेतृत्व उदासिन हुनुका साथै आफू निकटलाई बहु पद दिइएकोप्रति समेत उनीहरुको कटाक्ष थियो । सोमबार बिहानी सत्रको बैठकमा पहिलो सदस्यको रुपमा केन्द्रीय सदस्य जनकराज पाठक बोलेका थिए । उनले नयाँ नेतृत्व आएको ८ महिनासम्म पनि भ्रातृ गठन नभएको बताएका थिए । गठन भएका संगठन पनि नेतृत्वको हस्तक्षेपका कारण अस्तव्यस्त टिप्पणी पाठकले गरेको ती नेताको भनाइ छ । यस्तै गत स्थानीय निर्वाचनमा अपेक्षित मत नआए र आउँदो संघीय निर्वाचनमा पनि तालमेलको विषय आजसम्म अगाडि नबढाएयकोप्रति उनले प्रश्न उठाएका थिए ।

    केन्द्रीय सदस्यहरु ध्रुव रायमाझी, देवु पराजुली, रामराज कोइराला, प्रविण थोकर, किशोर कार्की, मोनिका श्रेष्ठ, सावित्रा क्षेत्री, हिक्मत सिं कार्की, भरत पाठक, जगत गौचन,निरन्जन थापा, सुर्यबहादुर सिंह लगायतले पनि नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए । उनीहरुले पार्टीलाई सुधारेर लानु पर्नेमा जोड दिँदै अध्यक्ष एकलौटी रुपमा अगाडि बढ्न नहुनेमा जोड दिएका थिए । बैठकमा केन्द्रीय सदस्य बतिता शाहीले पार्टीले फौजदारी मुद्दा खेपिरहेका व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइन् । मनोनयनमा अध्यक्षले विधानको उपहास गरेको उनको कटाक्ष थियो । राप्रपा अध्यक्ष लिङ्देनले विभिन्न फोरमबाटै नेता कार्यकर्तालाई धम्क्याउने गरेको र त्यसको उदाहरण काभ्रे र भक्तपुरको कार्यक्रम भएको केन्द्रीय सदस्यहरुले उठाएका थिए । यस्तै पार्टीलाई सही ढंगले चलाउन दवाव दिने दिलनाथ गिरी, श्याम तिमल्सिनालगायतप्रति पनि नेतृत्व असहिष्णु भएको केही केन्द्रीय सदस्यले बताएका ती नेताको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑