• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मुलुकको प्रमुख स्थल नाका वीरगन्ज भन्सारले ६ वर्ष पछि राजश्वको लक्ष्य पुरा गर्न सफल

  • वीरगंज संजाल
  • ४ श्रावण २०७९, बुधबार १६:४५
  • ३३०१

    वीरगंज । मुलुकको प्रमुख स्थल नाकामा रहेको वीरगन्ज भन्सार कार्यालय ६ वर्ष पछि राजश्व संकलनको लक्ष्य पुरा गर्न सफल भएको छ ।

    आर्थिक वर्ष २०७२/७३ देखि लगातार राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल हुदै आएको वीरगन्ज भन्सार गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको हो ।वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा शुन्य दशमलव ५४ प्रतिशतले बढि अर्थात भन्सार विभागले दिएको लक्ष्य भन्दा १ अर्ब ९ करोड ५३ लाख २२ हजार रुपैया बढि राजश्व संकलन गरेको छ ।

    गत आर्थिक वर्ष २०७८/७९ का लागि भन्सार विभागले वीरगन्ज भन्सारलाइ २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार रुपैयाको लक्ष्य दिएको थियो । वीरगन्ज भन्सारले भने २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार रुपैया राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । वीरगन्ज भन्सारले अघिल्लो आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको ९९.६ प्रतिशत , आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यको ६६.८९ प्रतिशत , आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यको ८५.९७ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यको ९७.४८ प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा लक्ष्यको ९८ प्रतिशत र आर्थिक वर्ष २०७२/०७३ मा लक्ष्यको ७७.४२ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।

    त्यसभन्दा पहिलेको आर्थिक वर्ष २०७१/०७२ मा भने वीरगन्ज भन्सार कार्यालयलले लक्ष्य भन्दा बढि नै अर्थात लक्ष्यको १०५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो ।तर त्यसपछि आर्थिक वर्ष २०७२/०७३ आर्थिक वर्ष २०७७÷७८ सम्म भने लगातार ६ वर्ष वीरगन्ज भन्सार , भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल हुदै आएको थियो ।पौडेलका अनुसार , गत आर्थिक वर्ष भन्दा अघिका ३ वर्षमा विश्वव्यापी कोभिड महामारीका कारण मालवस्तुको निकासी पैठारी प्रभावित भएका कारणले विभागले दिएको लक्ष्य पुरा हुन सकेको थिएन ।यस्तै भारत तथा तेश्रो मुलुकबाट बढि राजश्व संकलन हुने नयाँ सवारीगाडी लगायतका मालवस्तुको आयात घटेकाले त्यसको प्रत्यक्ष असर राजश्व असुलीमा परेको थियो ।

    कोभिड भन्दा पहिलेका ३ आर्थिक वर्षहरुमा भने २०७२ सालमा मधेसी दलको ६ महिना सम्म चलेको नाकाबन्दीको असर वीरगन्ज भन्सारको राजश्व असुलीमा परेकाले राजश्व संकलनको लक्ष्य पुरा गर्न वीरगन्ज भन्सार असफल भएकोे थियो ।गत आर्थिक वर्ष भन्दा अघिका ३ वर्षमा लक्ष्य पुरा हुन नसकेको मुख्य कारण कोभिड थियो , पौडेलले भने ,‘तर त्यसअघिका लगातार ३ आर्थिक वर्षमा भने २०७२ सालको नकाबन्दीको असरले राजश्वको लक्ष्य पुरा हुन सकेको थिएन ।

    २०७२ सालमा मधेसी दलले राजनीतिक माग राखेर गरेको आन्दोलनमा ६ महिना सम्म वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाकाबन्दी गरेका थिए । जसका कारण वीरगन्ज नाकाबाट मालवस्तुको निकासी पैठारी नै ठप्प भएको थियो । लगातार ६ महिना सम्म नाकाबन्दी भएका कारण वीरगन्ज नाकाबाट आयात निर्यातको कारोबार गर्दै आएका थुप्रै उद्योगी व्यपारीहरु भैरहवा , विराटनगर लगायतका अन्य नाका तर्फ विस्थापित भएका थिए ।गत आर्थिक वर्षमा भने इनधन, कच्चा पदार्थ लगायत बढि राजश्व उठ्ने मालवस्तुको पैठारी बढेकाले राजश्व संकलनको लक्ष्य पुरा गर्न सफलता प्राप्त भएको पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑