वीरगंज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरबाट प्रहरीले लागु पदार्थ गाजा सहित दुइ जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साकै बहुदरमाई नगरपालिका वडा नमबर ९ विश्रामपुरका ३४ वर्षिय सुरेन्द्र पटेल र त्यहि ठाँउका ४५ वर्षिय जवाहीर राउत रहेका छन् । उनिहरुको साथबाट ६ किलोग्राम गाजा बरामद भएको हो ।
ईलाका प्रहरी कार्यलय एकटाङ्गाका बरिष्ठ प्रहरी नायव निरीक्षक कुल बहादुर कुवँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार बिहान ६ बजे तितर पर्सागढी नगरपालिका ८ हरपुरमा पटेल र राउत सवाार प्रदेश ०२–०३–०२० प ८८०० नम्बरको मोटरसाइकल रोकेर चेकजाच गरेको थियो ।
त्यस क्रममा उनिहरुले बोकेको ठूलो झोला भित्र लुकाई राखेको ६ किलोग्राम गाजा बरामद भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।