वीरगंज । बैंक तथा वित्तीय संस्थाहरुले साउन १ गते १९ अर्ब रुपैयाँभन्दा बढी स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७९ साउन १ गते १९ अर्ब १५ करोड रुपैयाँ एसएलएफको उपयोग गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ५ पटक गरेर उक्त रुपैयाँ बराबरको एसएलएफ प्रदान गरेको हो । आर्थिक वर्ष सकिँदा समेत निक्षेप सहज नहुँदा अन्तरबैंक सापटी ब्याजदर ७.०७ प्रतिशत पुगेको छ ।
असार मसान्तको विकासले बैंकिङ प्रणालीको निक्षेपमा सुधार आएको भएपनि अझैपनि स्थायी तरलता सुविधाको उपयोग भने जारी नै देखिएको हो । बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएपछि चालु आर्थिक वर्ष २०७८/७९ को अीनतम दिन अर्थात असार ३१ गते शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ९१ खर्ब ७० अर्ब १० करोड ६१ लाख १० हजार रुपैयाँ एसएलएफ उपयोग गरेका थिए । बैंकहरुले ४ हजार ९०८ पटकमा यो रकम उठाएका हुन् ।