• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुराकीको बदनियतले निर्दोष व्यक्ति १२ दिनदेखि थुनामा

  • वीरगंज संजाल
  • २ श्रावण २०७९, सोमबार १४:३७
  • २१७७

    वीरगंज । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो । ‘मोटरसाइकलमा गएर हेर्दा सिटमुनि रातो कपडाले बेरेको अवस्थामा कस्तुरीको विना जस्तो वस्तु फेला पर्‍यो’ उपत्यका प्रहरीका प्रवक्ता एसपी सन्तोष सिंह राठौर भन्छन्, ‘त्यसपछि प्रहरीले मोटरसाइकल धनी शिव लिम्बुलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।’ तर घटनामा ट्विस्ट त्यतिबेला आयो, जब लिम्बुका आफन्तले होटलको क्लोज सर्किट (सीसी) टिभीको फुटेज हेरे । हिरासतमा भेट्न जानेहरुसँग लिम्बुले आफूलाई ‘कस्तुरीको विना’ भन्ने चिजै थाहा नभएको र फसाउन खोजिएको बताए । त्यसपछि परिवारका सदस्यहरुले होटलमा गएर सञ्चालकहरुसँग कुरा गरेका थिए, वरिपरिका सीसी टीभी फुटेज हेरेका थिए ।

    सीसी टीभी फुजेटले देखायो बदनियत फुटेजमा उनी पक्राउ परेको दिन दिउँसो १ः३५ बजे होटलबाहिर मोटरसाइकल पार्क गरेर भित्र छिरेको देखिन्छ । उनी साँझसम्म होटलभित्रै बस्छन्, बेलाबेला बाहिर निस्किँदै फेरि होटलतिर प्रवेश गर्दै गरेको दृश्य पनि फुटेजमा देखिन्छ । तर साँझ ५ः४० बजे कालो पाइन्ट र पातलो ज्याकेट लगाएका एक युवक उनको बुलेट मोटरसाइकल छेउमा पुग्छन् । गोजीबाट एउटा रातो झोला निकालेर भित्र हालिदिन्छन् । त्यति गरेर ती युवक नजिकै रहेको एभरेष्ट म:म सेन्टरतिर छिरेको देखिन्छ । साँझ ६ः०६ तिर मोटरसाइकल धनी लिम्बु बाहिर निस्किन्छन् । त्यही बेला सादा पोशाकका प्रहरी पनि मोटसाइकल वरिपर हुन्छन् र उनी पक्राउ पर्छन् । सीसी टीभी फुटेज सार्वजनिक नहुञ्जेल प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । तर जब फुटेज सार्वजनिक भयो, त्यसपछि प्रहरीले सुराकी दिने नारायण कार्की भन्ने कृष्ण श्रेष्ठ र सुवास भन्ने आदम राईलाई खोजी गर्न थाल्यो । त्यसक्रममा कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेपछि बयान दिने क्रममा उनले सुवास राईको निर्देशनमा कस्तुरीको विना राखिदिएको बयान दिएको एसपी राठौर बताउँछन् ।

    सुराकी र पक्राउ परेका व्यक्तिबीच थियो विवाद ‘राई र पक्राउ परेका शिव लिम्बुबीच आपसी झगडाको कारणले बदलाको भावनाबाट राईले अर्का व्यक्तिलाई पनि पक्राउ गरेर घटना गराएको देखिएको छ’ एसपी राठौर भन्छन्, ‘यसमा प्रहरीलाई सूचना प्राप्त भए पश्चात कानूनसम्मत रुपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्व अन्तर्गत प्रहरी कारबाही भएको हो, प्रहरीका तर्फबाट कुनै बदनियत र शंकास्पद भूमिका छैन ।’ एसपी राठौरका अनुसार सुवास राई र पक्राउ परेका लिम्बुबीच जग्गा सम्बन्धी कारोबारमा विवाद थियो । तीन महिनाअघि राईले मादक पदार्थ सेवा गरेर लिम्बुको मोबाइलमा फोन गरेर गालीगलौज गर्दै घरमा आएर सिध्याइदिने धम्की दिएको पीडित लिम्बुको भनाइ छ । त्यही विषयलाई लिएर लिम्बुले कपनको एक स्नुकर हाउसमा सुवास राईलाई कुटपिट गरेको पनि खुलेको प्रहरीको भनाइ छ । यही कुटपिटको विषयलाई लिएर नारायण कार्कीसँग मिलेर बाघको छाला, कस्तुरीको विना राखेर लिम्बुलाई फसाएर बदला लिनुपर्छ भनेर योजना बनाएको प्रहरीको भनाइ छ । मुख्य योजनकार सुवास राई अझैसम्म फरार छन् । लिम्बुलाई चाहिँ थुनामुक्त गर्न प्रहरीले प्रक्रिया थालेको छ । बरामद कस्तुरीको विना जस्तो देखिने वस्तुको जाँच गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाउँदा बरामद वस्तु नक्कली भएको पनि फेला परेको स्रोतको भनाइ छ । घटनाबारे अनुसन्धानका लागि प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेको नेतृत्वमा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द र अर्का एकजना अधिकृत सदस्य भएको समिति गठन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑