• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ६३ महिनामा पनि बनेन हुलाकी सडक

  • वीरगंज संजाल
  • ३२ असार २०७९, शनिबार २३:१४
  • २६९३

    वीरगंज | तीस महिनाभित्र निर्माण सक्ने गरी कञ्चनपुरमा निर्माण थालिएको हुलाकी सडक ६३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन । विसं २०७३ फागुनमा तीन प्याकेजमा निर्माण सुरु गर्ने गरी डोके बजार, बेलौरी, बेल्डाँडीदेखि दैजीसम्मको हुलाकी सडकको थालनी भएको थियो ।

    सडक निर्माणको जिम्मा पाएका ठेकेदारको लापरबाहीले पटक–पटक म्याद थप हुँदा पनि निर्माण पूरा हुन सकेको छैन । डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर तथा बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको छ भने बीच भागमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धिसाइँ जेभीले पाएको छ । तर दुवैमा निर्माणको गति भने सुस्त छ ।

    कञ्चनपुरको दक्षिण भेगका सर्वसाधारण मुख्य सडक मानिएको हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा निराश छन् । “सडक निर्माण पूरा गर्न चार÷चार पटक म्याद थप भइसकेको सुनिन्छ ।” बेलौरी नगरपालिका पचुँइका राधेश्याम रानाले भने, “यतिका वर्ष बितिसक्दा पनि निर्माण नसक्ने ठेकेदारलाई सरकारले कारबाहीको भागिदार बनाउनुपर्छ ।” ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाइ हुने गरेको रानाको भनाइ छ ।

    हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इन्जिनियर पदमबहादुर मडैले पाँच वर्षमा ३५ किलोमिटर हुलाकी सडक कालोपत्र भएको जानकारी दिए । “तीनवटै प्याकेजको गरेर ७५ प्रतिशत मात्रै काम सकिएको छ”, उनले भने– “हुलाकी राजमार्ग निर्देशनालयले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भन्दै स्पष्टीकरण माग गरेको थियो ।” उनले सडक निर्माणका लागि चार पटक म्याद थप गरिसक्दा पनि काम सम्पन्न हुन नसेकेको बताए । “डोकेबजार–बेलौरी खण्डको २० किलोमिटरमध्ये १८ किलोमिटर कालोपत्र भइसक्यो”, उहाँले भन्नुभयो, “अन्यत्रको काम बाँकी नै छ ।”

    हुलाकी सडक अन्तर्गत पचुँइ क्षेत्रमा भारतीय पक्षले सीमा विवाद देखाएर एक हजार ७०० मिटर कालोपत्र गर्न असहमति जनाएको छ भने अन्तिम खण्डमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको क्षेत्र कालोपत्र हुन सकेको छैन । मडैका अनुसार निर्माण पक्ष पाँचौँ पटक म्याद थपका लागि प्रक्रियामा गएको छ । रु एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना सकिन अझै समय लाग्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑