• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईंको पनि खुट्टा निदाउँछन् ? कतै यस्ता रोगको संकेत त होइनन् ?

  • वीरगंज संजाल
  • १ श्रावण २०७९, आईतवार ०७:०५
  • २४१७

    वीरगंज | लगातार बसिरहँदा तपाईंको खुट्टा निदाउन सक्छ । खुट्टा निदाउँदा कसैले पिन वा सियोले घोचिरहेको जस्तो महसुस हुन्छ । कतिपय अवस्थामा त खुट्टा निदाउँदा असाध्यै दुख्छ पनि । खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो । यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ ।

    खुट्टा निदाउँदा सेन्सेसन घुँडा मुनि वा खुट्टाका विभिन्न हिस्सामा महसुुस हुन्छ । त्यसैले खुट्टा निदाउनुको कारण थाहा पाउन अत्यावश्यक छ । यसो गर्दा कुनै गम्भीर रोगको खतराबारे पहिले नै जानकारी लिन सकिन्छ ।

    खुट्टा निदाउनुका कारणः

    यदि कसैलाई लामो समयसम्म खुट्टा निदाउने र झम्झमाउने हुन्छ भने यस्तो केन्द्रीय स्नायु प्रणालीलाई प्रभावित गर्ने स्थिति मल्टिपल स्केलेरोसिस (एमएस), मधुमेह, धमनी रोग वा फाइब्रोमायल्गियाजस्ता स्थितिको कारण पनि भइरहेको हुनसक्छ । तर यसका लागि डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

    यसबाहेक खुट्टा निदाउनुका केही साधारण कारण पनि छन्, त्यसबारे जानकारी लिऔँ ।

    १. पोश्चर (शारीरिक अवस्था)

    यदि कोही लामो समयसम्म गलत पोश्चरमा बस्छन् भने उनीहरुको लोअर बढी निदाउन सक्छ । कतिलाई त यो समस्यका कारण निद्रा पनि लाग्दैन जसलाई मेडिकलको भाषामा प्यारेस्थेसिया भनिन्छ । केही साधारण बानीका कारण खुट्टा निदाउने गर्छन्, ती हुन्ः

    – धेरै बेसम्म पलेटी कसेर बस्दा

    – लामो समयसम्म बसिरहँदा

    – खुट्टामा दबाब पर्ने गरी बसिरहँदा

    – कस्सिएको जुत्ता, पाइन्ट र मोजा लगाउँदा

    – चोट

    २. मधुमेह

    मधुमेह भएका मानिसहरुमा एक खालको ‘नर्भ ड्यामेज’ भएको हुनसक्छ जसलाई डायबिटिज न्युरोप्याथी भनिन्छ । डायबिटिज न्युरोप्याथीमा खुट्टा निदाउने, झम्झमाउने र दुख्नेलगायतका समस्या देखिन सक्छ ।

    ३. तल्लो कम्मर दुख्ने समस्या वा साइटिका

    पिठ्यूँको तल्लो हिस्सामा समस्याहरु जस्तै मेरुदण्डको हड्डी भाँच्चिदा नसा खुम्चिने गर्छ । यसका कारण पनि खुट्टा निदाउने गर्छ । यस्तै साइटिकामा साइटिक नसा हुन्छ जुन कुहिनोदेखि खुट्टाको पछाडि हुँदै कुर्कच्चासम्म जान्छ । यसमा दुखाईका कारण पनि खुट्टा निदाउने गर्छ ।

    ४. टार्सल टनल सिन्ड्रोम

    टार्सल टनल सिन्ड्रोम त्यतिबेला हुन्छ जब खुट्टाको पछाडिबाट घुँडाको भित्री भागसम्म जाने नसा खुम्चिने गर्छ । टार्सल टनेल घुँडाको भित्री भागमा साँधुरो क्षेत्र हो । यो समस्यामा पनि खुट्टा निदाउने र झम्झमाउने हुन्छ ।

    ५. प्यारिफेरस आर्टरी डिजिजः

    प्यारिफेरल आर्टरी रोग खुट्टा, हात र पेटमा रक्त धमनी खुम्चिँदा हुने गर्छ । यसो हुँदा रगतको मात्रा कम हुने गर्छ र रक्त सञ्चार पनि कम हुन्छ । त्यसैले खुट्टा निदाउने गर्छ ।

    ६. स्ट्रोक र मिनी स्ट्रोक

    स्ट्रोक र मिनी स्ट्रोक ब्रेन ड्यामेजका कारण बन्न सक्छ । स्ट्रोक वा मिनी स्ट्रोक कहिलेकाँही शरीरका केही हिस्सामा अस्थायी वा लामो समयसम्म हुने झम्झमाहटको कारण बन्न सक्छ ।

    ७. रक्सीको सेवनः
    रक्सीमा पाइने टक्सिनले खुट्टाको नसामा क्षती पुर्याउने एउटा कारण बन्ने गर्छ । लामो समयसम्म धेरै रक्सीको सेवन गर्दा नसा खराब हुनसक्छ जसका कारण खुट्टा निदाउने समस्या देखिन सक्छ ।

    खुट्टा निदाउनुको उपचारः

    यदि खुट्टा छोटो समयका लागि मात्रै निदाउँछ भने त्यसका केही घरेलु उपचार पनि हुनसक्छन् । जस्तै, आराम गर्ने, बरफ लगाउने, तातो बनाउने, व्यायाम गर्ने, नुन पानीमा खुट्टा भिजाएर राख्ने, मसाज गर्ने आदि । तर यदि खुट्टा लामो समयसम्म बारम्बार निदाइरहन्छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् । यदि यो कुनै रोगको संकेत हो भने समय हुँदा नै यसको उपचार गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑