वीरगञ्ज | पिकनिक खान गएका एक युवकको रौतहटस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका-५ निवासी पारस यादव रहेका छन्।
शुक्रबार आफ्नाे परिवारसहित उनी रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित नुनथरमा पिकनिक गएका थिए। साँझ यादव बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
बेपत्ता भएका यादवको शुक्रबारदेखि खोजी गरेको गोताखोर सहितको प्रहरी टोलीले शनिबार बागमती सिँचाइ आयोजनाको ढोकाबाट उनको शव फेला पारेको हो।