वीरगन्ज । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । रगतको अभावको कारण वीरगन्ज पब्लिक कलेजकाे आयाेजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथिमा श्री डाइमन्ड कार्की नेपाली सेना श्रीजङग गण आर्मी कार्नल, वीरगन्ज पब्लिक कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ , वीरगन्ज पब्लिक कलेज क्याम्पसका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ ,बिशाल मल्ल बिर्ता वडा प्रहरी निरीक्षक लगायतको सहभागीता रहेको कलेजका विद्यार्थी नबील समानीले बताए ।
उक्त रक्तदान कार्यक्रममा २८ महिला र ११६ पुरूष गरी जम्मा १४४ जना विद्यार्थीहरुले रक्तदान गरेका थिए।