• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिकित्सक भन्छन् – यौनहिंसा पीडितमा वर्षौंसम्म देखिन सक्छ मानसिक समस्या

  • वीरगंज संजाल
  • ३१ असार २०७९, शुक्रबार ०४:०७
  • २३२९

    वीरगन्ज । चिकित्सक करुणा कुँवरले सबै बलात्कार पीडितको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै चिकित्सक कुँवरले बलात्कार पीडितको मनोविज्ञान फरक–फरक खालको हुने भएकाले उनीहरूको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी हुन् ।

    उनले घटना भएको समयमा जस्तो लक्षणहरु देखापर्छ बिसौँ वर्ष पछिसम्म पनि त्यस्तै खालको लक्षणहरु देखापरिरहने सम्भावना रहने बताइन् । उनले हिंसामा परेकाहरुलाई शारीरिक र मानसिक दुवै रुपमा लक्षणहरु देखापर्ने बताइन् ।

    चिकित्सक कुँवरले पीडितमा सामान्यतया डरलाग्दो सपनाहरु देख्ने, आत्तिने, डराउने, कुनै ठाउँमा जानुपर्दा साथी चाहिने र घरभित्रै घटना भएको हो भने घरभित्र बस्न पनि डराउने लगायतका लक्षणहरु देखापर्ने बताइन् ।

    उनले भनिन् – ‘जुन बेलामा घटना घट्यो जस्तो खालको लक्षणहरु भएको हुन्छ, त्यो चाहिँ समय बित्दै जाँदाखेरी पनि त्यो घटनाले ल्याएको लक्षण कम हुँदैन । बिसौं वर्ष पछाडि पनि उस्तै रहने चान्स हुन्छ । हरेक व्यक्तिमा फरक–फरक खालको लक्षण हुन्छ । सबै बलात्कार पीडितमा एकै खालको देखिँदैन ।’

    बैठकमा बोल्दै डा. सरोज ओझाले विद्यालयदेखि नै बलात्कारको सम्बन्धमा शिक्षा दिनुपर्ने बताए । उनले १८ वर्षभन्दा मुनि बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी शिक्षा दिएमा यस्तो घटनाहरूको न्यूनीकरण हुने बताए । उनले यस विषयलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताए ।

    उनले भने, – ‘बलात्कार रोकथामका लागि पाठ्यक्रम बनाउने र वकालत गर्ने गर्नुपर्छ । जो पीडित हो, उसको मनोवैज्ञानिक, शारीरिक, संवेगात्मक सबै किसिमको विकासमा असर पर्छ । जुनसुकै समयमा ऊ डिप्रेशनमा जानसक्छ । त्यसैले यस विषमा खुला हुनुपर्छ । हाम्रो उद्देश्य यसलाई रोकथाम गरौँ ।’

    चिकित्सक सिर्जना कुँवरले यौन हिंसाका घटना परिवार तथा आफन्तहरु भित्रैबाट बढी हुने गरेको बताइन् । उनले आफूहरुले हेरेको केसहरु मध्ये एक प्रतिशत घटना मात्र अपरिचित मान्छेले गरेको पाइएको बताइन् ।

    उनले आफूहरूले गरेको अध्ययन अनुसार पीडकले आफू पावरमा आउनका लागि केही नराम्रो गर्नैपर्ने रहेछ भन्ने धारणा बनाएका कारण घटना घटाउने गरेको देखिएको जानकारी गराइन् । कुँवरले बलात्कारको घटनामा हदम्याद राख्नु नहुने बताइन् ।

    चिकित्सक विपिन थापाले कुनै पनि शिक्षाले बलात्कारको विषयमा नबुझाएको बताए । उनले बलात्कार तथा यौनजन्य घटनाहरूमा महिलाहरुलाई नै दोषी देखाइने गरिएको भन्दै मानिसहरुको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने धारणा राखे ।

    समितिले यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरिरहेको छ । सोही सम्बन्धमा मंगलवारको बैठकमा मनोसामाजिक विज्ञ तथा चिकित्सकहरुसँग छलफल गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑