• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीमा कम्पनीहरु धमाधम मर्जरमा जादैैँ, १५ कम्पनीको शेयर कारोबार रोक्का

  • वीरगंज संजाल
  • ३० असार २०७९, बिहीबार १८:०८
  • २६३३

    वीरगंज । बीमा समितिले पूँजी बढाउन निर्देशन दिएपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । समितिले हकप्रद रोकेर मर्जरबाटै पूँजी बढाउन दबाब दिएपछि बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका हुन् । बीमा समितिले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । पूँजी बढाउन समितिले दवाद दिएपछि बीमा कम्पनीहरुबीच एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी सम्झौता हुन थालेको हो । समितिले पूँजी बढाउँन निर्देशन दिएको छोटो समयमै १५ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन् । जसमा ७ वटा जीवन बीमा कम्पनीहरु र ८ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् ।

    जीवन बीमा तर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्यारेन्सबीच मर्जरमा जाने सम्झौता गरेका छन् । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता गरेका छन् । यस्तै सानिमा लाइफ र रिलायन्स लाइफ इन्सयोरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको छ । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जर हुने प्रारम्भिक सम्झौता भएको छ । त्यस अनुसार दुइ कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । निर्जीवन बीमा तर्फ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा पहिले मर्जरमा जाने सम्झौता गरेका थिए । यि दुई कम्पनीबीच मर्जरसम्बन्धी सम्पुर्ण प्रकृया सकाएर साउन १ गतेदेखि एकिकृत कारोबार थाल्दै छ । दुई कम्पनीबीच मर्जर पश्चात बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार हुनेछ । असार २७ गते सोमबार पनि सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच पनि मर्जरमा जाने सम्झौता भएको छ । हाल सिद्धार्थको चुक्ता पूँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ र प्रिमियरको एक अर्ब २२ करोड ७६ लाख रुपैयाँ रहेको छ । स्रोतका अनुसार दुबै कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेका छन् । त्यस अनुसार दुई कम्पनी मर्ज भएर बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

    यसैगरी, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच पनि एक बराबर एकको अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ । हाल सानिमा र जनरल इन्स्योरेन्स दुबैको एक÷एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ । एक बराबरको एकको अनुपातमा मर्ज भएपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
    यसैगरी असार २९ गते बिहिबार विहानै सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता गरेका छन् । स्रोतका अनुसार सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स बीचमा १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो । हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ३१ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस अनुसार मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जरमा जोन सम्झौतापत्र हस्ताक्षर गरेका ७ वटा जीवन बीमा कम्पनी र ८ वटा निर्जीवन बीमा गरी १५ वटै बीमा कम्पनीको शेयर कारोबार रोक्का छ । मर्जर तथा एक्वीजिशन प्रयोजनको लागि नेप्सेले १५ वटै कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑