• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तिब्बती शरणार्थीको अधिकारमा जोड दिनेछु : प्रस्तावित अमेरिकी राजदूत थम्पसन

  • वीरगंज संजाल
  • ३० असार २०७९, बिहीबार १८:०५
  • १९५७

    वीरगंज । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले नेपालमा रहेका तिब्बती शरणार्थी र सीमान्तकृत समुदायको अधिकारलाई जोड दिएर काम गर्ने बताएका छन् ।थम्पसनले ‘आफू नेपालका लागि राजदूतमा अनुमोदन भए के गर्ने’ भन्ने योजना अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा धारणा राख्ने क्रममा आफ्नो योजना प्रस्तुत गरेका हुन् । ‘राजदूत भएर सेवा गर्ने अवसर पाएको खण्डमा नेपालका नागरिक र त्यहाँ बसोबास गर्ने सबैको अधिकारका लागि जोड दिनेछु । त्यसमा दलित, सीमान्तकृत र तिब्बतीलगायत शरणार्थी समुदायहरू रहने छन्,’ उनले जवाफ दिने क्रममा भनेका छन्, ‘म नेपाल सरकारलाई अर्थपूर्ण समावेशी, आर्थिक अवसर र मानवीय सहायतका नीति कार्यन्वयनका लागि प्रोत्साहन गर्नेछु ।’

    उनले नेपालको आर्थिक वृद्धिलाई सहजिकरण गर्ने र दुई देशबीचको व्यापार सम्बन्ध सुदृढ बनाउने विषयलाई प्राथमिकता दिने बताएका छन् । ‘हामी नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा छौँ,’ उनले भनेका छन्, ‘नेपाललाई दुई ढुंगाबीचको तरुलका रूपमा चित्रित गरिन्छ, ती ढुंगा भनेका चीन र भारत हुन् । जबकि ती दुवै देशसँग नेपालको सम्बन्ध महत्वपूर्ण छ । हामीले पनि नेपालको स्वाधिनतालाई बलियो बनाउँदै अमेरिकासँगको साझेदारीलाई सुदृढ बनाउनुपर्छ ।’ उनले नेपाल र अमेरिकाको साझेदारीको ७५औं वर्ष पूरा भएको भन्दै अमेरिकी मूल्य र मान्यता अन्तर्गतका विविधता, समता, समावेशिता र पहुँच विस्तारको क्षेत्रमा काम गर्ने बताए । चीनले फैलाएको अफवाह अभियानको सामना गर्दै ५०० मिलियन डलरको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई नेपालको संसदले अनुमोदन गरेको उनको भनाइ छ । उनले यस परियोजना अन्तर्गत नेपालको जलविद्युतलाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न प्रसारण लाइन, उच्च गुणस्तरका सडकहरू निर्माण गर्ने र यसले दुवै देशको समृद्धिमा सहयोग पुग्ने धारणा राखेका छन् । साथै, संयुक्त राष्ट्र संघको महासभामा युक्रेनको प्रस्तावमा नेपालले गरेको समर्थनलाई उनले स्मरण गरेका छन् । राजदूत र्‍यान्डी बेरीको कार्यकाल सकिनै लाग्दा गत चैतमा नेपालका लागि नयाँ राजदूतमा सिफारिस भएका थम्पसनको १३ जुलाईमा संसदीय समितिमा सुनुवाइ भएको हो ।

    हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवका रूपमा काम गरिरहेका थिए । अमेरिकी नीति र सो क्षेत्रका देशहरूसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ । थम्पसनले अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समय काम गरेका छन् । उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रूपमा काम गरेको अनुभव छ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीको कार्यकाल सकिएर ह्वाइट हाउसनले नामिबियाको राजदूतमा सिफारिस गरेपछि प्रस्तावित राजदूत थम्पसनको जिम्मेवारी सम्हाल्ने प्रक्रिया चलिरहेको छ । अमेरिकाले गत असारमा नेपालका लागि राजदूत बेरीलाई नामिबियाका लागि र दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलरलाई ताजिकस्तानका लागि राजदूतमा प्रस्ताव गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑