वीरगंज । आज बिहीबार पनि सेयर बजार उकालो लागेको छ । बुधबार उच्च अंकको वृद्धि देखिएको बजारमा आज पनि दोहोरो अंकको वृद्धि देखिएको हो । लगातार घटिरहेको बजार मंगलबारदेखि भने उकालो लागिरहेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १४ दशमलव ७१ अंकले बढेर २००१ दशमलव ५३ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ परिसूचक १.७७ अंकले बढेर ३८३.१३ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता सेयर २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँमा किनबेच भएको छ । १३ वटै उपसमूहमा हरियाली छाउँदा हाइड्रोपावर समूहका सेयर मूल्य सर्वाधिक बढेको छ । आज एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ४ लाख ४८ हजार ५५३ कित्ता सेयर ३० करोड १८ लाख ८६ हजार ७३८ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार ११६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार नबिल प्रगति फण्ड, प्रभु सेलेक्ट फण्ड, अप्पर तामाकोशी हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड, रिभर फल्स पावर लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, समिट लघुवित्त, लक्ष्मी लघुवित्त, नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् ।