राजविराज | मोटरसाइकलको ठक्करले सप्तरीमा बुधबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ४ प १३३४ नम्बरको मोटरसाइकलले पैदल यात्री मेहतालाई पूर्व पश्चिम राजमार्गको वीरेन्द्रबजारमा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मेहतालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।