• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    त्रिविमा नयाँ रोग थपियो हुबहु प्रश्नपत्र दोहोरिने

  • वीरगंज संजाल
  • ३० असार २०७९, बिहीबार ०९:१६
  • १७०१

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पछिल्लो एक महिनामा चार वटा चरम लापरबाही देखिएको छ, त्यो पनि परीक्षा जस्तो संवेदनशील बिषयमा ।

    अर्थशास्त्र विभागले जेठ १८ गते संचालन गरेको स्नात्तकोत्तर तह तेस्रो सेमेष्टरको पब्लिक इकोनोमिक्स र मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तरगत डिन कार्यालयले २३ जेठमा सञ्चालन गरेको स्नातकोत्तर तह राजनीतिशास्त्रको पहिलो सेमेष्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिल्यो ।

    त्यस्तै, असार २५ गते व्यवस्थापन संकायले सञ्चालन गरेको बीबीए छैटौं सेमेष्टरको नेप्लिज सोसाईटी एन्ड पोलिटिक्स विषयको परीक्षामा समाजशास्त्रको पाँचौं सेमेष्टरको प्रश्नपत्र बाँडेको पाइयो । त्यसअघि २२ असारमा संचालित बीबीए छैटौं सेमेष्टरको ‘एमजीटी २०३ः अर्गनाईजेसन बिहेभियर’ को परिक्षामा मोर्डन नेपाल कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नपत्र बाँडेको पाइएको थियो ।

    यी घट्नाले त्रिविका संकाय र विभागहरूको परीक्षाको विश्वसनीयता गम्भीर प्रश्न उठेको शिक्षा क्षेत्रका विज्ञहरू बताउँछन् । बीबीए छैटौं सेमेष्टरको परीक्षा दिएकी लता माश्के उस्तै खाले लापरबाही दोहोरिनुले परीक्षा प्रणाली नै शंकामा परेको बताउँछिन् । ‘त्रिविमा अनेक समस्या छन्, पढाइ र परिक्षा प्रणालीमा विश्वास थियो’, उनले भनिन्, ‘तर, एक महिनामा भएका घटनाले बडा ‘कन्फ्युज’ बनायो । यसले त्रिविको शैक्षिक गुणस्तर र नतिजामाथि पनि शंका उठाउने भयो ।’

    चर्को विरोध पछि अहिले प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन गर्न समिति गठन भएर काम सुरु भएको छ । त्रिविका शिक्षाध्यक्ष डा. शिवलाल भुसालले सम्बन्धित शिक्षकहरुले तयार पारेको नयाँ प्रश्नपत्र छपाइमा पठाउँदा झुक्किएर अघिल्लो वर्षको परेको बताए । उनले भने, ‘हामीले यसलाई गम्भीर रुपमा लिएर मिहिन तरिकाले छानबिन गरिरहेका छौं ।’

    त्यस्तै, मानविकी तथा सामाजिक विज्ञान संकायका डिन प्रा.डा. कुसुम शाक्य यो विषयमा केन्दि्रय परीक्षा समितिले छानबिन गरिरहेको बताउँदै पन्छिइन् । उनले भनिन्, ‘अहिले छानबिन कहाँ पुग्यो, मलाई थाह भएन ।’

    त्रिविमा नयाँ रोग थपियो

    त्रिविमा बारम्बार प्रश्नपत्र दोहोरिने रोग थपिएको प्राध्यापकहरू बताउँछन् । त्रिवि सुध्रिने भन्दा झन बिग्रिने बाटोमा गएको उनीहरुको भनाइ छ ।

    त्रिवि ध्वस्त पार्न नयाँ रोग थपिएको बताउँदै अर्थशास्त्र केन्द्रीय विभागमा सह-प्राध्यापक डा. रेशम थापा भन्छन्, ‘निजी कलेजको परीक्षामा सोधिएको प्रश्न ल्याएर त्रिविको परीक्षामा बाँडिनुले नै रोगको गम्भीरता बताइरहेको छ ।’

    त्रिविकै प्रश्नपत्र पुराका पुरा दोहोरिँदा र निजी क्याम्पसको प्रश्नपत्र पनि त्रिविको परीक्षा हलमा घुसेको घट्ना छानबिन गर्ने जिम्मेवारी सम्बन्धित डीन कार्यालय अथवा विभागलाई नै दिएकाले वास्तविकता बाहिर आउने सम्भावना कम देख्छन् ‘इन्टरनेशनल पोलिटिक्स’ दिएका एक विद्यार्थी । ‘सबभन्दा आपत्तिजनक त त्रिविका सम्बन्धित अधिकारीहरूले यस्तो गम्भीर घट्नालाई सामान्य रुपमा लिएका छन्’ उनी भन्छन्, ‘कारबाहीमा जो पर्ने हो उसैलाई छानबिनको जिम्मेवारी दिएपछि के हुन्छ ?’

    प्रश्नपत्र दोहोरिएपछि त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले नै बनाएको प्रश्नपत्र दोहोरिएको विषयमा अनलाइनखबरले राखेको जिज्ञासा अधिकारीले भने, ‘प्रश्नपत्र दोहोरिनु हुँदैन भनेर कतै उल्लेख नभएकोले कानुनी समस्या हुँदैन ।’

    समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक गुमानसिं खत्री प्रश्नपत्र दोहोरिनु वा निजी कलेजको हुबहु प्रश्न सोधिनुलाई सामान्य लापरबाही अथवा मानवीय त्रुटिको रुपमा लिन नसकिने बताउँछन् ।

    ‘यस्तो गम्भीर घट्ना पनि एक पटक होइन, पटक-पटक भइरहेको छ । अर्को कलेजको प्रश्न त्रिविमा सोधिनुले प्रश्नपत्र निर्माणको गोपनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ’, उनी भन्छन्, ‘यसलाई सामान्य समस्या भनेर ढाकछोप गर्नु त शैक्षिक अपराध नै हो ।’

    व्यवस्थापन संकायको डीन कार्यलयले निजी कलेजको प्रश्नपत्र ल्याउने काममा संलग्नलाई विभागीय कारबाही गरेको सूचना टाँसेको छ । तर, संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले अनलाईनखबरसंग भने, ‘छानबिन भइरहेको छ, कारबाही गर्ने कुरा तथ्य आएपछि हुन्छ ।’

    प्रश्नपत्र दोहोरिनु सामान्य हो ?

    पटक-पटक प्रश्नपत्र दोहोरिनु वा निजी कलेजको प्रश्न सोधिनुमा त्रिविका सम्बन्धित विभाग र शिक्षकहरुको लापरबाही मुख्य कारण देखिन्छ । तर, नीजि क्याम्पसको प्रश्न हुबहु उतार्ने शिक्षकलाई बाहेक अरुलाई कारबाही भएको छैन ।

    यसअघि अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले ‘प्रश्नपत्र दोहोरिनु हुँदैन भनेर कतै उल्लेख नभएकोले यो कानुनी समस्या नभएको’ बताएकोमा बिभागका अर्का एक प्राध्यापकले आपत्ति जनाए ।

    ‘कानुनी समस्या नभएपनि विभागीय प्रमुख र शिक्षकको योग्यता र नैतिक आचरणको प्रश्न त होला नि’, ती प्राध्यापक भन्छन्, ‘योग्यता र नैतिकताको प्रश्नमा लाज पचाउने कुरो त होइन होला नि !’

    नाम उल्लेख गर्न नचाहने ती प्राध्यापक राजनीतिक नियुक्तिले सिंगो त्रिविलाई नै ‘लाज पचुवा’ बनाइसकेको बताउँछन् ।

    ‘यहाँका शिक्षकदेखि विद्यार्थीसम्म कुनै कुकर्मको विरोध गर्नलाई पनि को-को, कुन पक्षको भनेर हेर्छन्’, उनी भन्छन्, ‘सही वा गलतभन्दा पनि फलाना डीन वा विभागीय प्रमुखले राजीनामा दिए आफूलाई हुने फाईदा वा बेफाइदाको हिसाब गरेर मात्र विषय उठाउँछन् वा लुकाउन उद्धत हुन्छन् ।’

    यस विषयमा नेविसंघ, अखिल क्रान्तीकारीले छानबिन गरी संलग्नलाई कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् । मंगलबारदेखि उपकुलपति कार्यलय अगाडि एकीकृत समाजवादी निकट अनेरास्ववियूले विभिन्न माग राख्दै आमरण अनसन सुरु गरेको छन् । ती मागहरूमध्ये एउटा बुँदामा प्रश्नपत्र दोहोर्‍याउने कार्यमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?
  • पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक
  • वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद
  • सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ

    पर्साको जगरनाथपुरकी बिन हत्या प्रकरणमा : प्रहरी अनुसन्धानको संकेत– लुटपाट र लेनदेनका कारण घाँटी रेटी हत्या

    सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    वीरगंज नाकाका दुबै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न फेरि असफल

    फेरियों नेपाली चलचित्रको निर्माण शैली , मौलिक विषयवस्तु दर्शकको रोजाइमा

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

    News

    पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

    News

    वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

    News

    सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

    News

    पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑