• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीसँगै जेल जीवन बिताएका मानकुमारलाई पत्रकार र लेखकले बनाइदिए घर

  • वीरगंज संजाल
  • २९ असार २०७९, बुधबार १८:२३
  • २२०५

    वीरगंज । झापाका मानकुमार तामाङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मालेका नेताहरू सीपी मैनाली, राधाकृष्ण मैनालीसँगै १७ वर्ष कठोर जेल जीवन बिताए । ओली दुई पटक प्रधानमन्त्री बने भने सीपी मैनाली र राधाकृष्ण मैनाली मन्त्री भए । उनीहरूसँगै झापा विद्रोहमा लागेका तामाङले भने ओत लाग्ने घरसमेत बनाउन सकेका थिएनन् । २०२८/२०२९ को झापा विद्रोहमा लागेर जेल जीवन बिताएका तामाङले झापाको अर्जुनधारा–१ मा सामान्य जीवन बिताइरहेका छन् । उनी बाँसका भाटाले बारेको सामान्य घरमा जीवन बिताउँदै आएका थिए । दुई पटक प्रधानमन्त्रीसमेत भएका ओलीले आफ्नो गृह जिल्लामै रहेका सँगै जेल जीवन बिताएका नेतालाई नहेरेपछि केही मनकारीहरूले नयाँ घर बनाइदिएका छन् । लेखक तथा पत्रकारले पक्की घर बनाइदिएका हुन् । गुरु पूर्णिमाको अवसरमा बुधवार उनलाई घर हस्तान्तरण गरिएको छ । घर प्रवेश गरेपछि खुशी भएका तामाङ भन्छन्, ‘कोही भोकै बस्न नपरोस् भनेर आन्दोलन गरेका थियौँ । कष्टकर जीवन बिताएर परिवर्तन पनि गरे । मसँगै राजनीति गरेका नेताहरू प्रधानमन्त्रीदेखि मन्त्री भए तर उनीहरूले हेरेनन् । अहिले युवाहरूले गरेको सहयोगबाट खुशी छु ।’

    २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले लामो समयसम्म जेलजीवन बिताएका राजनीतिक पीडितका लागि केही राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसबेला उनले राहतबापत ७० हजार रूपैयाँ पाएका थिए । त्यही ७० हजार रूपैयाँ लिएका थिए । ७० हजारले ५ कट्ठा ऐलानी जमिन किनेर उनले जीविकोपार्जन गर्दै आएका छन् । त्यसबाहेक सँगै जेलजिवन बिताएका सहयोद्धा केपी ओली, सीपी र आरके मैनाली सरकारमा जाँदा पनि संकटका बेला साथ दिएका योद्धालाई नसम्झिँदा दुःख लागेको उनी बताउँछन् । ओलीले वास्ता नगरेपछि उनी माओवादी केन्द्रका समर्थकका रूपमा रहे । तर, सक्रिय राजनीतिमा भने उनी सक्रिय छैनन् । सामान्य आर्थिक अवस्था भएका तामाङका छोरा ओलीकै गृह नगरमा मजदुरी गर्छन् । देश परिवर्तनका लागि लामो समयसम्म विभिन्न पीडामा बिताएका योद्धाको अवस्था पीडादायी देखेपछि झापाका लेखक तथा पत्रकारहरूले अभियान नै चलाएर घर बनाइदिएका हुन् ।

    राजनीतिमा लागे पनि चाकडी गर्न नजानेकै कारण तामाङको अवस्था दयनीय देखेपछि लेखक र पत्रकार मिलेर घर निर्माण गरिदिएको निर्माण समितिका सदस्यसमेत रहेका पत्रकार तीर्थ सिग्देलले बताए । २ वटा कोठा, बाथरुम, ट्वाइलेट तथा किचनसहितको घर निर्माण गरिदिएको उनको भनाइ छ । ‘जन्मथलो झापा भए पनि विभिन्न देशमा कर्मथलो बनाउने धेरै झापालीहरूले गाँस कटाएर सहयोग गर्नुभएको छ,’ उनले भने, ‘धेरैले इँटा, रड, सिमेन्टलगायतका सामग्री पनि दिनुभएको छ ।’ कुमार भट्टराई, तीर्थ सिग्देल, मनीषा चौलागाईं, विनोद सापकोटालगायतका पत्रकार तथा लेखकहरूको नेतृत्वमा घर निर्माण गरिएको हो । दाताहरूबाट प्राप्त सहयोग र निर्माण गर्दा लाग्ने खर्च केही दिनमै सार्वजनिक गर्ने सिग्देलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑