वीरगंज । थाइल्याण्ड भ्रमणमा रहेको नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)ले तेस्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।एनआरटीले बुधबार थाइल्याण्डको तेस्रो डिभिजन क्लब थोनबुरी युनाइटेडलाई २-१ ले हराएको हो ।
खेलको ३२ औं मिनेटमा किटिपोङ सेङपोङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मेसुके ओलाेमाेउले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए । ७६ औं मिनेटमा दिपेश घलेले गोल गर्दै टाेलीलाई २-१ को जित दिलाए । थाइल्याण्ड भ्रमणमा एनआरटीको यो पहिलाे जित हाे । यसअघि उसले दुई मैत्रीपूर्ण खेलमा हार बेहोरेको थियो ।
एनआरटी यसअघि शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ९-० र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ गोलले पराजित भएको थियो । प्रि-सिजन तयारीका थाइल्याण्ड पुगेकाे एनआरटीले त्यसअघि मलेसियामा टुवान याङ टेरुतमा (टिवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुवै खेलमा ऊ पराजित भयाे ।