वीरगंज । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका १० चित्तापोलमा रहेको पिसफूल रिसोर्टमा लगी बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका ९ ताथलीका २७ वर्षीय टिकाराज कटुवाललाई पक्राउ गरेको हो ।
कटुवालले आइतवार साँझ ती बालिकालाई रिसोर्ट लगी जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।