• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुरोटमा त्यस्तो के हुन्छ,जसले यसको तलतल छुट्टाउनै कठिन हुन्छ?

  • वीरगंज संजाल
  • २७ असार २०७९, सोमबार १३:५२
  • ३०८९

    वीरगंज । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’

    हरेक चुरोटको प्याकेटमा यस्तै चेतावनी दिइएको हुन्छ । त्यति मात्र होइन, चुरोटको सर्कोले ध्वस्त भइसकेको फोक्सोको डरलाग्दो तस्वीर पनि राखिएको हुन्छ । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं चुरोट खानेहरु यस्ता चेतावनी देखेर पनि आफ्नो लत छाड्दैनन् । किन ? एक तथ्यांकले भन्छ, विश्वभर करिब एक अर्ब मान्छेले धुम्रपान गर्छन् । यत्तिका मान्छेलाई पक्कै पनि थाहा होला कि चुरोटको धुँवाले स्वास्थ्यलाई राम्रो गर्दैन । किनकि चुरोटको हरेक सर्कोले फोक्सो र श्वासप्रश्वास प्रणालीलाई नराम्रो असर गर्छ ।

    धुम्रपानको कारण वर्षमा ६० लाख मान्छेले ज्यान गुमाउने गरेको तथ्यांक छ । बीबीसीको एक रिपोर्ट अनुसार सन् २०३० सम्म यो संख्या बढेर ८० लाखसम्म पुग्ने अनुमान गरिएको छ । जगजाहेर नै छ, चुरोटको धुवाँले छाती र फोक्सोमा असर गर्छ । यद्यपि यसको भयले चुरोट छाड्नेहरु सायदै होलान् । बरु चुरोट खानेहरुको संख्या प्रतिदिन बढ्दो छ । अहिले विद्यालय तथा कलेज पढ्नेहरु समेत चुरोटको अम्मली बनिसकेका छन् । आखिर किन मान्छे धुँवाको लतमा पर्छन् ? किन यसको अम्मली बन्छन् ? र किन चुरोट छाड्नै सक्दैनन् ?

    यी प्रश्नहरुको जवाफ खोज्नुअघि चुरोटले कसरी फोक्सोलाई ध्वस्त बनाउँछ ? यसतर्फ लागौं । छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अशेष ढुंगाना भन्छन्, ‘चुरोटको धुँवाले सोझै फोक्सो एवं श्वासप्रश्वास प्रणालीमा असर गर्छ । फोक्सोको क्यान्सरमा धुम्रपान नै जिम्मेवार छ ।’ चुरोटमा निकोटिन भन्ने तत्व हुन्छ, जुन धुँवाको माध्यमबाट फोक्सोको कुनाकाप्चा पुग्छ । त्यो रसायन फोक्सोको विभिन्न भागमा थेग्रिंदै एवं जम्मा हुँदै जान्छ ।

    ‘फोक्सोको काम अक्सिजन लिने र कार्बनडाइअक्साइड बाहिर निकाल्ने हो । तर धुम्रपान गर्न थालेपछि फोक्सोले सही रुपमा काम गर्न सक्दैन,’ डा. ढुंगाना भन्छन्, ‘यसरी फोक्सोले आफ्नो कार्यक्षमता गुमाउँदै जान्छ र कमजोर हुन्छ । अनि हामीले सास लिंदा हावासँगै विभिन्न किटाणु फोक्सोसम्म पुग्छ ।’

    चुरोट सेवन गरिरहँदा त्यसले फोक्सोलाई मात्र नभई अन्य किसिमको समस्या पनि निम्त्याउने गर्छ । निमोनिया, दम, टीबी र क्यान्सरको जोखिम बढाइदिन्छ ।

    किन चुरोटको लत छुटाउन गाह्रो ?

    चुरोटले स्वास्थ्यमा कति भयानक हानी गर्छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छेले यसको लत छाड्दैनन् । किन त ?

    चुरोटमा हुने निकोटिन नामक तत्त्वले गर्दा मानिसहरूलाई यसको लत लाग्ने वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापा बताउँछन् । ‘चुरोटमा भएको त्यो निकोटिन दिमागको नसासम्म पुग्छ र त्यसलाई दिमागको नसाले राम्रो तत्त्व भनेर लिन्छ जसले गर्दा यसको लत नै बस्छ र खाउँखाउँ लाग्छ ।’

    ‘द स्मोक फ्रि फर्मुला’ नामक पुस्तकका लेखक स्वास्थ्य मनोवैज्ञानिक प्रोफेसर रोबर्ट वेस्टले बीबीसी रिपोर्टमा भनेका छन्, ‘चुरोटमा पाइने निकोटिनको लत हेरोइन, कोकेन तथा अफिम जस्ता अन्य कुनै नसाको लत जस्तै हो ।’

    निकोटिनको लतलाई मस्तिष्कको ‘एनिमल पार्ट’ भनिने भागबाट नियन्त्रण गर्न सकिने उनको भनाइ छ । रोबर्ट भन्छन्, ‘चुरोटको कुलतलाई जित्नु भनेको युद्ध जित्नु जस्तै हो ।’ रोबर्टका अनुसार वंशानुगत कारण पनि चुरोट तथा अन्य नशालु पदार्थ सेवनको लत लाग्ने गरेको हुन सक्छ । तर सबैमा यो लागु भने हुँदैन ।

    चुरोट सेवनले कसैमा पनि प्रतिरोधात्मक क्षमता कायम राख्दैन । रोबर्टका अनुसार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले लामो समय धुम्रपान गरेका थिए । पछि स्वास्थ्यमा समस्या आएपछि उनले ‘निकोटिन थेरापी’ लिएका थिए । मस्तिष्कले निकोटिनलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा महत्वपूर्ण भएको भन्दै धुम्रपानको बौद्धिकतासँग कुनै मतलब नभएको उनको भनाइ छ ।

    स्वास्थ्य मनोवैज्ञानिक डा. इल्डीको टोम्बोरका अनुसार अधिकांशले २६ वर्ष पहिले नै धुम्रपान सेवन गर्ने गरेको पाइन्छ । ‘धुम्रपान एक ‘सोसल पासपोर्ट’ जस्तै हो । धुम्रपानलाई राम्रो नजरबाट हेर्नेहरु यसले सामाजिक र करिअरमा फाइदा पुग्ने सोच्छन् । यस्तालाई धुम्रपान छाड्न निकै गाह्रो हुन्छ,’ उनी भन्छन् ।

    चुरोट छाडेपछि फोक्सो स्वस्थ हुन्छ ?

    लामो समय चुरोट सेवन गरेका व्यक्ति, जसले चुरोट छाडेका छन् । यस्तो अवस्थामा ती व्यक्तिको फोक्सोमा क्रमशः सुधार हुने भए पनि पूर्णतया स्वस्थ्य हुन गाह्रो हुन्छ । धुम्रपान गरेर छाडेका व्यक्ति र धुम्रपान गर्दै नगर्ने व्यक्तिको फोक्सोको अवस्था भिन्न हुन्छ । मानौं कुनै व्यक्तिले चुरोट छाडेको वर्षौं भएको छ भने पनि उनको फोक्सोमा त्यसको असर बाँकी रहन्छ । उनका अनुसार तम्बाकुजन्य सामग्री तथा चुरोटमा रहेको निकोटिन चुरोट सल्काउदा धुँवाको माध्यमबाट सिधै फोक्सोसम्म पुग्छ ।

    ‘वर्षौंदेखि चुरोटको धुँवामार्फत निकोटिन जस्ता नशालु पदार्थ सेवन गरिरहेकाहरुलाई एकै पटक छाड्न गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘वर्षौंदेखि लागेको तलतलले गाह्रो महसुस हुने गरेकाले कतिपयले छाड्न सक्दैनन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑