बारा । बाराको कोल्हवी नगरपालिका–२ का ४५ वर्षीय शिवराज मैनाली ९ दिनदेखि बेपत्ता भएका छन्। उनका आफन्त निरन्जनका अनुसार उनी असार १७ गतेदेखि बेपत्ता भएका हुन्।
शिवराजको खोजीका लागि परिवारजनले प्रहरीमा निवेदन दिएका छन् । शिवराज बेपत्ता भएको एकसाता बितिसक्दा पनि फेला पार्न नसक्दा परिवारमा पीडा छाएको छ ।
शिवराजलाइ फेला पार्नेले नजिकको प्रहरी चौकी वा प्रहरी कार्यालयमा सम्पर्क गरिदिन पनि परिवारजनले आग्रह गरेका छन् ।