वीरगंज । भरतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्वार वीरगन्ज नाकामा फेरि दैनिकजसो कोरोना भाइरसको संक्रमित फेला पर्न थालेका छन् ।वीरगन्जको इनर्वा नाकामा सन्चालित हेल्थडेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने कोरोनाका शंकास्पद व्याक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।
कोरोनाको तेश्रो लहर सकिएपछि फागुन देखि जेठ तेश्रो साता सम्म हेल्थ डेस्कको परिक्षणमा संक्रमति फेला परेका थिएनन् । तर जेठ २३ गते ददेखि यता भने हेल्थ डेस्ककोे परिक्षणमा दिनहुजसो संक्रमित फेला परिरहेको हेल्थडेस्ककी इन्चार्ज डाक्टर अनिषा महत्तोले बताएकी छन् । उनका अनुसार विगत एक महिनामा २६ जना संक्रमित फेला परेका छन् ।
जेठ २३ गते देखि शुक्रबार सम्म २६ जनामा संक्रमण भेटिएको महत्तोले बताइन् । शुक्रबार एक जनामा र बिहीबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिइन् । एक महिना यता संक्रमण पुष्टि भएका २६ जनामध्ये २५ जना भारतीय र १ जना नेपाली रहेका छन् । पछिल्लो एक महिनाको परीक्षणको नतिजाले कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको संकेत मिलेको उनले बताइन् ।