वीरगंज । सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो।
बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीले अवधेशको साथबाट पोको कम्पनीको २ थान मोबाइल पनि बरामद गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।