वीरगंज । वीरगञ्ज सबस्टेशनमा क्यापासिटरको अर्थिङ्ग पड्किँदा बिग्रिएको क्यापासिटर मर्मत गरिएको छ । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख ई.जितेन्द्र कुमार झाका अनुसार शुक्रवार बिहान ११ बजे मर्मत भएसँगै विद्युत नियमित रुपमा प्रसारण भईरहेको छ ।
फिडर नम्बर २ मा समस्या देखिएको हुँदा मर्मत सम्भारमा पनि कठीनाई भइरहेको प्रमुख झाले बताए । मुर्ली, पानीट्यांकी, लिंकरोड लगायतका स्थानमा मर्मत सम्भार गर्दा समस्या भईरहेको छ । सडक तथा बाटोबाट विद्युतीय तार एवम् पोल नदेखिने र घरको छतमा चढेर काम गर्दा कठीनाई झेल्नुपरेको प्रमुख झाले बताए ।
टेलीफोन संवादमा प्रमुख झाले भने, “पानीट्यांकी क्षेत्रमा ११ हजार भोल्टेजको हाईटेन्सन तार घरको माथिबाट राखिएको छ । त्याहाँ सडकबाट देखिने अवस्था छैन । घरघरमा गएर अनुमति लिँदै घरमा चढेर हेर्नुपर्ने बाध्यता छ । जसका कारण त्यस क्षेत्रका नागरिक पनि जोखिममा छन् । यसलाई छिटै व्यवस्थापन गर्ने काम भईरहेको छ । यात्रा डेराबाट संभाल गरिएको