काठमाडौँ । काठमाडौँमा एकजना २६ वर्षीया महिला बलात्कृत भएकी छन्।
ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ।
काठमाडौँ महानगरपालिका-२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गरिरहेकाे छ।