• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेकपा एमालेकी सांसद प्रधानमन्त्री देउवाको राजीनामा मागिन

  • वीरगंज संजाल
  • २४ असार २०७९, शुक्रबार १३:२२
  • २८२१

    वीरगंज । नेकपा एमालेकी सांसद नवीना लामाले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेकी छिन् ।बजेट निर्माणमा असम्बन्धित व्यक्तिलाई सहभागी गराएको विषयमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको जिकिर गर्दै उनले राजीनामा दिन माग गरेकी हुन् । सोही आरोपमा अर्थमन्त्री जनार्दन शर्माले बुधवार राजीनामा दिएका थिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद लामाले भनिन्, ‘प्रधानमन्त्रीबाट राजीनामा दिन शेरबहादुर देउवालाई आग्रह गर्दछु ।’

    ‘ट्रमा काउन्सेलिङ’ तालिम
    पोखरा, २३ असार । अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम सुरु भएको छ । नेपाल अपाङ्गता महिला सङ्घद्वारा आयोजित सो तालिममा विभिन्न परिस्थितिका कारण अपाङ्गता हुन पुगेका व्यक्तिको सहभागिता छ ।
    तालिममा उनीहरुले भोग्नु परेको विभेद्, हिंसा र यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने जानकारी दिइने सहजकर्ता कञ्चन रावतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“जीवन सधैँ सोचे जस्तो हुँदैन, सोच्दै नसोचेका कतिपय घटना दुर्घटनाले मानिसको जीवनले फरक मोड लिन्छ, त्यसलाई स्वीकार्न मानिसलाई निकै गाह्रो हुन्छ मानसिक समस्या देखिन्छन् ।” जीवन भोगिरहेका अपाङ्गता भएका महिलालाई उदासी र नैराश्यताबाट टाढा रहेर कसरी सकारात्मक रुपमा सार्थक जीवन जिउने भन्ने विषयमा तालिम प्रदान गरिने बताउनुभयो ।

    सेवाग्राहीको प्रारम्भिक अवस्थाको मनोविज्ञान अध्ययन गरेर सेवा प्रदायकले सोही आधारमा प्रभावकारी सेवा प्रदान गर्न सक्ने व्यवहारिक पक्षलाई तालिममा समावेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल अपाङ्गता महिला सङ्घको अध्यक्ष तारा दाहालले अपाङ्गता भएकाप्रति समाज अझै पनि सकारात्मक हुन नसकेको बताउनुभयो ।
    उहाँले प्रदेशका कास्की, तनहुँ, म्याग्दी, गोर्खा जिल्लाका अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्शसम्बन्धी तालिम प्रदान गरेर उनीहरुको पीडालाई कम गर्ने तालिम उद्देश्य रहेको जानकारी दिनुुभयो । नेपालमा भूकम्प र कोभिड पछाडि मानसिक स्वास्थ्यमा धेरै समस्या देखिएको र यसलाई अझै पनि समाजले समस्याको रुपमा लिन नसक्दा विकराल रुप लिँदै गएको उहाँको भनाइ थियो ।

    तालिममा राष्ट्रिय अपाङ्गता महासङ्घ अनुशासन आयोगका सदस्य लोचना अधिकारीले समाजमा अपाङ्गता भएका महिलाले विभिन्न खाले हिंसा भोगिरहेको तर त्यसलाई बाहिर ल्याउन सहज वातावरण नहुँदा पीडा लिएर बाँच्न बाध्य भएको बताउनुभयो । तालिममा प्रदेशमा चार जिल्लाका ३० जनाको सहभागिता रहेको सङ्घका गण्डकी प्रदेशका श्रोत व्यक्ति गङ्गा देवकोटाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑