वीरगंज । नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबी बैंक) को सम्पूर्ण कारोबार बन्द हुने भएको छ । एनबी बैंकको कारोबार आजैदेखि बन्द भएको छ भने नबिल बैंकको सम्पूर्ण कारोबार भोलि शुक्रबारदेखि बन्द हुने भएको हो ।
नबिलले एनबी बैंकलाई प्राप्ति गरी असार २७ गतेदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लागिएको सूचना प्रकाशित गरी जनाएको छ ।
आगामी सोमबारदेखि भने सम्पूर्ण कारोबार सुचारु हुने सूचनामा उल्लेख छ ।